१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

लुम्बिनी प्रदेशमा सशस्त्र प्रहरी परिवार महिला संघद्वारा स्वास्थ्य सम्बन्धि तालिम

Logo
प्रकाशित शुक्रबार, फाल्गुण १३, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघले नेपाल एपीएफ अस्पतालसँगको सहकार्यमा बिहिबार सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण बाँकेमा महिला स्वास्थ्य समस्यासँग सम्बन्धित जनचेतनामुलक कार्यक्रम र भी.आई.ए., भी.आई.एल.आई.जाँच तथा पहिचान र उपचार तालिम आयोजना गरेको छ ।

सो प्रशिक्षणमा नेपाल एपिएफ अस्पतालका गाईनोकोलोजी अन्कोलोजीष्ट प्रा.सशस्त्र प्रहरी उपरीक्षक डा.सौजन्य कर्मचार्य लगायतको टिमले रोगको उपचार विधि तथा महिलाको पाठेघर सम्बन्धि विविध समस्याको समयमा पहिचान नहुँदा आउन सक्ने जटिलता र रोग लागेपछि गरिने उपचारको बारेमा तथा भी.आई.ए., भी.आई.एल.आई. जाँच,सोको पहिचान र उपचारका साथै महिलाको पाठेघर सम्बन्धी रोगको उपचारमा प्रयोगमा आउने उपकरण सम्बन्धी बिषयमा बिस्तृत जानकारी प्रदान गरे ।

सो प्रशिक्षणमा सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता बाँके, सशस्त्र प्रहरी बल, नेपाल नं.३० गण बाँके, नं.३१ गण बर्दिया, नं.४२ रिजर्भ गण सम्शेरगन्ज, नेपाल ए.पि.एफ.स्कुल बाँके र मध्यपश्चिम क्षेत्रिय अस्पताल कोहलपुर बाँकेमा कार्यरत महिला सशस्त्र प्रहरी तथा भु.पु.महिला कर्मचारीहरुका आश्रित महिला सदस्यहरु, स्थानिय महिला दिदिबहिनीहरु गरी ११८ जनाको सहभागिता रहेको थियो ।

सोहि अवसरमा लुम्बिनी प्रदेशका सशस्त्र प्रहरी बल, नेपालका एकाईहरुमा एम.आई.रुममा कार्यरत स्वास्थ्यकर्मी, र स्थानीय क्लिनिकका स्वास्थ्यकर्मीहरु गरी २१ जनालाई भी.आई.ए., भी.आई.एल.आई.जाँच तथा पहिचान र उपचार सम्बन्धि तालिम प्रदान गरिएको हो ।

सशस्त्र प्रहरी परिवार महिला संघले महिलाहरुको पाठेघरमा देखिने विभिन्न समस्याहरुको समयमा नै पहिचान गरी उपचारमा सहज होस भन्ने उदेश्यले उक्त तालिम तथा जनचेतनामुलक कार्यक्रम आयोजना गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राप्रपाका प्रमुख समेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन आफ्नो दल तयार रहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताएका हुन् ।   ‘देशमा ८८४ जना सांसद छौं । प्रदेश संरचना पाल्न १ […]

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

error: Content is protected !!