०७ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

नेपाल बैंकले माग्यो ३०३ कर्मचारी प्लस-टू उत्तीर्णलाई पनि जागिरको अवसर

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २०, २०७८


(ABC-SANCHAR)
काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा ३०३ स्थायी कर्मचारी पदपूर्तिका लागि बैंकले शुक्रबार दरखास्त आह्वान गरेको हाे ।

आयोगले ६२ जना सहायक प्रबन्धक मागेको छ भने सहायक पदमा १५० जनाका लागि जागिरको अवसर छ । त्यस्तै, कनिष्ठ सहायकमा ९१ जनाका लागि दरखास्त आह्वान भएको छ । बैंकले सहायक प्रबन्धकमा ५६, सहायक प्रबन्धक (सिए) मा २ र सहायक प्रबन्धक (आइटी)मा ४ जना मागेको हो । सहायक प्रबन्धकका लागि व्यवस्थापन वा अर्थशास्त्र (मानविकी)मा न्यूनतम स्नाकोत्तर हुनुपर्नेछ भने सिएका लागि सिए÷एसीसीए उत्तीर्ण हुनुपर्नेछ । त्यस्तै, आइटी दरखास्त दिन सूचना प्रविधिमा बीसीए÷बीसीआइकम÷बीआइटी÷बीआइएम÷बीएस्सी हुनुपर्नेछ ।

बैंकले सहायक र कनिष्ठ सहायकका लागि प्रदेशगत कोटा छुट्याएको छ । १४८ जना सहायक मागेको बैंकले प्रदेश १ र मधेसमा ३१÷३१ जनाका लागि कोटा छुट्याएको छ । बैंकले बागमतीमा ५१, गण्डकीमा १०, लुम्बिनीमा २१ तथा कर्णाली र सुदूरपश्चिममा २÷२ जना सहायक मागेको छ । यसका लागि व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक उत्तीर्ण हुनुपर्नेछ ।

सहायक आइटी बागमतीका लागि २ जना माग गरिएको छ । बैंकले ९१ जना कनिष्ठ सहायक मागेको छ । जसअनुसार प्रदेश १ मा १६, मधेसमा १५, बागमतीमा २७, गण्डकीमा १२, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ५ जना माग गरिएको छ । यसका लागि व्यवस्थापनमा प्रमाणपत्र÷ प्लस टु उत्तीर्ण हुनुपर्नेछ । योग्यता पुगेका उम्मेदवारले १० चैतसम्म अनलाइनबाट आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको निर्माणाधीन खानेपानी आयोजना अलपत्र परेपछि सो आयोजना निर्माण कार्य सम्पन्न गरी स्थानीयवासीलाई तत्काल पिउने पानीको व्यवस्था गर्न घोराही बनाऔँ अभियानले माग गरेको छ । अभियानको टोलीले घोराही उपमहानगरपालिका ६ चैनपुरमा रहेको सौडियार २, ३, ४ स्किम नम्बर ४ चैनपुर खानेपानी आयोजनाको स्थलगत अवलोकन गरी यस विषयमा […]

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले केही दिनमै बन्न लागि रहेको बालेन सरकारले आत्मनिर्भर नेपालका लागि हरेक सरकार १ उद्योग–१ उद्यम नीति र कार्यक्रम अनिवार्य ल्याउनुपर्ने बताउनुभएको छ । घोराहीमा जारी कृषि, पर्यटन महोत्सवमा आयोजित ‘स्वदेशी उत्पादनको प्रयोग–देश समृद्धिको आधार’ विषयक कार्यक्रमका प्रमुखु अतिथि समेत रहनु […]

दाङ । घोराही बनाऔं अभियानले घोराही–४ भकारे (गोग्ली) स्थित नगर अस्पतालको भवन निर्माण कार्य छिटो सम्पन्न गरी अस्पतालको सेवा सूचारु गर्न माग गरेको छ । घोराही बनाऔं अभियानको टोलीले अस्पतालको स्थलगत अध्ययन पश्चात् घोराही उपमहानगरपालिकालाई यस विषयमा ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । अभियानका संयोजक सविन प्रियासनको अगुवाईमा गएको टोलीले घोराही उपमहानगरसँग नागरिकको जीवनसँग […]

error: Content is protected !!