२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

प्रहरीले तनहुँबाट कलाकार पल शाहलाई गैंडाकोट लगियो

Logo
प्रकाशित मंगलबार, फाल्गुण २४, २०७८

(ABC-SANCHAR)
काठमाडौं । नाबालिगलाई जबरजस्ती करणी गरेका आरोपित अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोट लगिएको छ ।

मंगलबार शाहलाई बयानका लागि पूर्वी नवलपरासीको गैँडाकोट लगिएको हो । बलात्कारको जाहेरी तनहुँ प्रहरीमा दिएकी किशोरीले गैंडाकोटको एक रिसोर्टमा पनि शाहले बलात्कार गरेको भन्दै दुई साताअघि गैंडाकोट प्रहरीमा पनि जाहेरी दिएकाले बयानका लागि त्यहाँ पुर्याइएको हो ।

यो मुद्दाको अनुसन्धानका लागि आरोपितलाई तनहुँबाट झिकाएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी दिलिप गिरीले जानकारी दिए । शाहविरुद्ध गत फागुन १६ गते किशोरीले इलाका प्रहरी कार्यालय गैंडाकोटमा उजुरी दिएकी थिइन् ।

बलात्कार मुद्दामा अनुसन्धान गर्न आरोपित शाहलाई पठाइदिन भन्दै पूर्वी नवलपरासी प्रहरीले गत आइतबार तनहुँ प्रहरीलाई पत्राचार गरेको थियो । गैंडाकोटमा गीत छायाङ्कनका क्रममा गत वर्ष चैत ७ गते एक रिसोर्टमा राखेर आफूलाई बलात्कार गरेको किशोरीले किटानी जाहेरी दिएकी छन । बलात्कार मुद्दामा तनहुँ प्रहरीले पनि दोस्रो पटक १२ दिनको म्याद लिएर शाहमाथि अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको कारण देखाउँदै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार आज राति १२ बजेपछि लागु हुने गरी पेट्रोल र डिजेल र मट्टीतेलमा  प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ र डिजेलरमट्टितेल १७२ रुपैयाँ पुगेको छ । […]

दाङ । गढवा निर्माण सम्झौता २०८१ साल मंसिर १४ गते गरिएको थियो र निर्धारित समयमै काम सम्पन्न गरिएको जनाइएको छ। नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह अझ प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री हुने अपेक्षा गरिएको छ। साथै यसले पीडितहरूको विश्वास अभिवृद्धि गर्दै न्यायिक प्रक्रियामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। कार्यक्रममा संयुक्त राष्ट्रसंघीय […]

error: Content is protected !!