०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

१ करोड ४४ लाख ठगीको मुद्धामा अनुप पाण्डे काठमाडौंबाट पक्राउ दाङ ल्याउदै एसपी काफ्ले

Logo
प्रकाशित शनिबार, फाल्गुण २८, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । तुलसीपुर ठेकेदार अनुप पाण्डे ठगी मुद्दामा पक्राउ परेका छन् । पाण्डेलाई शनिबार बिहान काठमाडौंमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले पक्राउ परेका पाण्डेलाई दाङ ल्याउने तयारी भइरहेको जानकारी दिए ।
पाण्डेका बिरुद्ध बिभिन्न ब्यक्तिले झन्डै ६ करोड ठगी गरेको भन्दै प्रहरी प्रशासनमा उजुरी दिएका छन् ।

पछिल्लो समय घोराही उपमहानगरपालिका वडा नं. १५ का गेहेन्द्र बस्नेतले १ करोड ४४ लाख ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । बस्नेत नेकपा एमाले दाङका जिल्ला कमिटी सदस्य र घोराहीका इञ्चार्ज हुन ।

पक्राउ परेका पाण्डेपनि तुलसीपुरका मेयर तथा नेकपा एमालेका नेता घनश्याम पाण्डेका छोरा हुन ।

पाण्डेले तुलसीपुर– घोराही चार लेन सडक बिस्तको काम गर्दा बिभिन्न ब्यक्तिलाई ठगी गरेको जाहेरी परेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यकामा विभिन्न स्थानमा छापाजारी चलाउँदै आठ बालिकाको उद्धार तथा अनुसन्धानका लागि म्याद थप अनुमति लिएको छ। पक्राउ परेकाहरूमा हेमन्त श्रेष्ठ, गीताकुमारी आचार्य, गोविन्द बुढाथोकी, हरिभक्त गिरी र भीमबहादुर साउद रहेका छन्। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको […]

दाङ । भालुवाङ दाङको देउखुरी उपत्यका अन्तरगत राप्ती गाउँपालिकामा क्रियाशील पत्रकारहरुकाे साझा संगठन राप्ती प्रेस मञ्चको मासिक नियमित बैठक बिहीबार भालुवाङमा सम्पन्न भएको छ । अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले मुख्यतया ४ वटा प्रस्तावहरुमाथि छलफल गर्दै महत्त्वपूर्ण निर्णय गरेको छ । राप्ती प्रेस मञ्चले बढ्‌दो लागूऔषध प्रयोग, सडक दुर्घटना तथा साइबरका घटना न्यूनीकरण […]

एजेन्सी । श्रीलङ्काली प्रहरीले जङ्गली हात्तीलाई आगो लगाएको भिडियो भाइरल भएपछि जनावरहरूप्रति क्रूरता देखाएको आरोपमा तीन जनालाई बिहीबार पक्राउ गरेको छ। प्रहरीले ४२ देखि ५० वर्ष उमेर समूहका ती व्यक्तिलाई कोलम्बोबाट करिब २०० किलोमिटर उत्तरमा पर्ने अनुराधापुरा जिल्लाबाट नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूलाई सामाजिक सञ्जालमा साझा गरेपछि उत्पन्न व्यापक विरोधपछि डिसेम्बर २४ सम्म हिरासतमा […]

error: Content is protected !!