१६ कार्तिक २०८३, आइतबार
01-11-2026 , Sun
×

प्यूठानमा ईभी गाडी दुर्घटना ३ जना घाइते,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, चैत्र १९, २०८२

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते प्यूठान प्रहरीले जनाएको छ ।

ईभीमा चालक सहित ६ जना सवार रहेको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेका हुन् । घाइतेहरुको दर्भानमा समान्य उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  *दाङ,। घोराही  जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा प्रहरी कर्मचारीहरूलाई लक्षित गरी सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी विशेष अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित घोराही उपमहानगरपालिकाको सभा हलमा आयोजित उक्त कार्यक्रम प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतमा कार्यरत […]

  धादिङ । गजुरी काट्ने बित्तिकै अगाडि चालिसे भन्ने ठाउँमा पहिरो खसेर सडक जाम भएको जानकारी प्राप्त भएको छ। यस रुट भएर यात्रा गर्ने यात्रुहरूले केही समय वैकल्पिक बाटो प्रयोग गर्नुहोला वा यात्रा स्थगित गर्नुहोला। – पहिरो क्षेत्रमा अति सावधानी अपनाउनुहोस्, एक्कासी थप पहिरो खस्न सक्छ – सवारी साधन पहिरोको छेउमा पार्क नगर्नुहोस् – नेपाल […]

  डोल्पा । जिल्ला कारागारबाट ८ जना कैदीबन्दी १५ फिट लामो सुरुङ खनेर फरार भएका छन्। कारागार प्रशासनका अनुसार उनीहरूले रातको समयमा कारागारको भित्तामुनिबाट सुरुङ खनेर भागेका हुन्। बिहान गणना गर्दा कैदीबन्दी नदेखिएपछि घटनाबारे जानकारी भएको थियो। फरार हुनेहरूमा विभिन्न मुद्दामा सजाय भोगिरहेका कैदीबन्दीहरू रहेको बताइएको छ। घटना लगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पा र सशस्त्र […]