२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

उदयपुरमा ठेकेदार र वन अध्यक्षको मिलेमतोमा सामुदायिक वनको ढुंगा उत्खनन

Logo
प्रकाशित शनिबार, फाल्गुण २८, २०७८


(ABC-SANCHAR)
उदयपुर । त्रियुगा नगरपालिका-१४ धाप्लाङ–बाजगरास्थित दुधकोसी किनारमा सामूदायिक वन क्षेत्रभित्र अबैध रुपमा क्रसर ठेकेदार र वन अध्यक्षको मिलेमतोमा ढुंगा खानी सञ्चालन गरेको छ । सामुदायिक वनको अध्यक्ष र ठेकेदारकोे मिलेमतोमा अबैध रुपमा ढुंगा खानी सञ्चालन गरि प्राकृतिक दोहन भइरहेको रहस्य खुलेको छ ।

कानुनी प्रक्रिया पुरा नगरी अबैध रुपमा सामुदायिक वन क्षेत्रभित्र दोहन भइरहेको रहस्य खुलेको हो । गोल्डेनगुट कन्स्ट्रक्सन जेभी गाईघाटका सञ्चालक सुमन्त कोइराला र जनशक्ति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बृखबहादुर मगर बीचको मिलेमतोमा अबैध ढुंगा उत्खनन भइरहेको छ । सो क्षेत्रमा सञ्चालित क्रसरको लागि सय मिटर पूर्वत्तर क्षेत्रमा रहेको जंगल क्षेत्रको ढुंगा उत्खनन गरी क्रसरमा प्रयोग भइरहेको छ । ढुंगा उत्खनन बारे अध्यक्ष मगरले भने, ‘यो बाटो बेल्टार जानेबाटो हो, त्यहाँ अलिकति साघुरो पनि भएकोले ठेकेदार सुमन्त कोइरालाले मागेको मागेकै गरेपछि हामी समिति र आम उपभोक्ताको निर्णयले ३ लाख रुपैया दिने शर्तमा उत्खनन गर्न दिएका हौं ।

ठेकेदार कोइरालाले भने, ‘त्यहाँका वन समितिकोले बाटो फाराकिलो हुन्छ ढुंगा खन्नु की खन्नु भनेकाले मात्र आफूले खनेको हो । त्यसबापत मैले ३ लाख रुपैयाँ पनि दिएको छु ।´ बाटो बनाइ दिने बहानामा ठूलो प्राकृतिक सम्पदा नै नष्ट र भूक्षय तथा पहिरोको जोखिम बढ्न सक्ने स्थानीयबासीले बताए । तर ठेकेदारले दिने भनिएको रकमको चेक एक जना व्यक्ति कर्णबहादुर तामाङको नाममा दिएकाले उसैले सो चेक राखेको पनि अध्यक्ष मगरले बताए । चेक आगामी चैत ५ गतेभित्र पैसा जम्मा गर्ने शर्तमा दिएको अध्यक्ष मगरले बताए ।

कति घन मिटर, कति क्षेत्रफलसम्म उत्खनन गर्न दिने भन्ने टुंगो नै नभए पनि यति यहाँसम्म भनेर देखाइएको छ त्यति मात्र खन्ने हो, अध्यक्ष मगरले बताए । सो विषयमा वडाध्यक्ष कुरुङ राईलाई भने कुनै जानकारी नभएको बताए । उनले भने, ‘मलाई जानकारी नभएको भन्दा ठेकेदार सुमन्त कोइरालाले चाही फोन मार्फत सामान्य जानकारी गराएको थियो । तर विस्तृत जानकारी त्यहाँका स्थानीय वन उपभोक्ता समितिहरुसँग सामाजिक रुपमा छलफल भएको छैन, अब विस्तारै सो बारेमा बुझ्नेछु । सो विषयमा डिभिजन वन कार्यालय उदयपुरका प्रमुख अम्बिकाप्रसाद पौडेललाई कुनै जानकारी नभएको बताए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!