ABC (क्राईमबिट)
काठमाडौं । तास खेलिरहेको अवस्थमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । तारकेश्वर नगरपालिका-९ मनमैजुस्थित जगत डंगोलको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने बागलुङ खुङ्ला गाउँपालिका-८ घर भएका ३९ वर्षीय युवराज कँडेललगायत १० जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ९ हजार ७ सय ४५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।