२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

राजनीतिको कारण नेपाल प्रहरीको बढुवा फेरि रोकियो कारणहरु यस्तो ?

Logo
प्रकाशित आइतबार, फाल्गुण २९, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । अत्याधिक चलखेलले नेपाल प्रहरीको बढुवा फेरि पनि अवरुद्ध हुन पुगेको छ । निर्णय भएको तीन सातापछि एआइजीको तीन दरबन्दी प्रहरी किताबखानामा दर्ता त भयो तर त्यसको दुई साता हुँदा पनि अझै बढुवा हुने छाँटकाट देखएिको छैन । बढुवाकाका आकांक्षीहरु धेरै भएको र उनीहरुले अस्वस्थ्य चलखेल गर्दा यस्तो अवस्था आएको हो ।
तीन पदमा १८ डिआइजी प्रतिस्पर्धामा छन् । सबैले शक्तिकेन्द्र धाएर बढुवा हुने प्रयास गरिरहेका छन् ।

उता राजनीतिक प्रतिशोधका आधारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा जेल हाल्ने व्यक्तिहरू नै पछिल्लो समय शक्तिकेन्द्रमा सक्रिय भएपछि पनि प्रधानमन्त्री निकटहरु झस्किएका छन् ।

भक्तबहादुर कोइरालाको नेतृत्वमा गठन भएको सो शाही आयोग राजनीतिक दलका नेताहरुलाई भ्रष्टाचारको आरोप लगाएर दबाउन गठन भएको थियो । जसले प्रतिशोधका आधारमा हालका प्रधानमन्त्री शेरबहादुर देउवा, नेता प्रकाशमानसिंह लगायतलाई नियन्त्रणमा लिएर थुनामा राखेको थियो । पछि सो आयोग सर्वाेच्च अदालतले खारेज गरिदियो ।

सो आयोगका सदस्यहरुको चलखेल गणतन्त्रमा समेत जारी छ । आयोगमा विज्ञ सदस्यका रुपमा काम गरेका नेपाल बिद्युत् प्राधिकरणका तत्कालिन प्रबन्ध निर्देशक हरिश्चन्द्र शाह अहिले पनि सक्रिय छन् । पछिल्लो समय उनी नेपाल प्रहरीमा सरुवा–बढुवाको खेलमा लागेका छन् । नेपाल प्रहरीमा एआइजी बढुवामा शाह सक्रिय भएको सूचना पाएपछि प्रधानमन्त्री निवास बालुवाटारमा हंगामा मच्चिएको हो । शाह विभिन्न निकायमा पुगेर आफ्नो आफन्त धीरजप्रताप सिंहलाई एआइजी बढुवाका लागि लबिइङ गरिरहेको सूचना बालुवाटार पुगेको छ । सोही कारण पनि एआइजी बढुवा रोकिएको हो । सिंह बढुवाका दाबेदार हुन् । अहिले एआइजी हुन सके बैशाखमा विश्व पोखरेल र सहकुल थापालाई टक्कर दिन सकिने उनको योजना छ ।एआइजी बढुवाको प्रतिस्पर्धामा चार जना सिनियर डिआइजी छन् । जसमा घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की र बसन्त पन्त छन् । उनीहरु सिनियर भएपनि जुनियर टोलीका धिरजप्रताप सिंह, बसन्त लामा, रबिन्द्र धानुक, उत्तमराम सुवेदी, अरुण बिसी लगायत छन् । यदी सिनियर टोलीलाई अपमान गरे उनीहरुले बढुवा समितिविरुद्ध उजुरी दिनेदेखि अदालतमा मुद्दा हाल्नेसम्मको तयारी गरिसकेका छन् । जसकारण एआइजी बढुवा पेचिलो बनेको हो ।
एआइजी बढुवा रोक्न एआइजीका दाबेदार मानिएका एआइजीद्वय विश्वराज पोखरेल र सहकुल थापाको पनि जोडबल रहेको बताइन्छ । अहिले उनीहरुको बढुवा रोक्न सक्ने दुईबीच मात्र प्रतिस्पर्धा हुने उनीहरुको आँकलन छ । दृष्टिन्युजबाट.

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!