२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

राजनीतिको कारण नेपाल प्रहरीको बढुवा फेरि रोकियो कारणहरु यस्तो ?

Logo
प्रकाशित आइतबार, फाल्गुण २९, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । अत्याधिक चलखेलले नेपाल प्रहरीको बढुवा फेरि पनि अवरुद्ध हुन पुगेको छ । निर्णय भएको तीन सातापछि एआइजीको तीन दरबन्दी प्रहरी किताबखानामा दर्ता त भयो तर त्यसको दुई साता हुँदा पनि अझै बढुवा हुने छाँटकाट देखएिको छैन । बढुवाकाका आकांक्षीहरु धेरै भएको र उनीहरुले अस्वस्थ्य चलखेल गर्दा यस्तो अवस्था आएको हो ।
तीन पदमा १८ डिआइजी प्रतिस्पर्धामा छन् । सबैले शक्तिकेन्द्र धाएर बढुवा हुने प्रयास गरिरहेका छन् ।

उता राजनीतिक प्रतिशोधका आधारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा जेल हाल्ने व्यक्तिहरू नै पछिल्लो समय शक्तिकेन्द्रमा सक्रिय भएपछि पनि प्रधानमन्त्री निकटहरु झस्किएका छन् ।

भक्तबहादुर कोइरालाको नेतृत्वमा गठन भएको सो शाही आयोग राजनीतिक दलका नेताहरुलाई भ्रष्टाचारको आरोप लगाएर दबाउन गठन भएको थियो । जसले प्रतिशोधका आधारमा हालका प्रधानमन्त्री शेरबहादुर देउवा, नेता प्रकाशमानसिंह लगायतलाई नियन्त्रणमा लिएर थुनामा राखेको थियो । पछि सो आयोग सर्वाेच्च अदालतले खारेज गरिदियो ।

सो आयोगका सदस्यहरुको चलखेल गणतन्त्रमा समेत जारी छ । आयोगमा विज्ञ सदस्यका रुपमा काम गरेका नेपाल बिद्युत् प्राधिकरणका तत्कालिन प्रबन्ध निर्देशक हरिश्चन्द्र शाह अहिले पनि सक्रिय छन् । पछिल्लो समय उनी नेपाल प्रहरीमा सरुवा–बढुवाको खेलमा लागेका छन् । नेपाल प्रहरीमा एआइजी बढुवामा शाह सक्रिय भएको सूचना पाएपछि प्रधानमन्त्री निवास बालुवाटारमा हंगामा मच्चिएको हो । शाह विभिन्न निकायमा पुगेर आफ्नो आफन्त धीरजप्रताप सिंहलाई एआइजी बढुवाका लागि लबिइङ गरिरहेको सूचना बालुवाटार पुगेको छ । सोही कारण पनि एआइजी बढुवा रोकिएको हो । सिंह बढुवाका दाबेदार हुन् । अहिले एआइजी हुन सके बैशाखमा विश्व पोखरेल र सहकुल थापालाई टक्कर दिन सकिने उनको योजना छ ।एआइजी बढुवाको प्रतिस्पर्धामा चार जना सिनियर डिआइजी छन् । जसमा घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की र बसन्त पन्त छन् । उनीहरु सिनियर भएपनि जुनियर टोलीका धिरजप्रताप सिंह, बसन्त लामा, रबिन्द्र धानुक, उत्तमराम सुवेदी, अरुण बिसी लगायत छन् । यदी सिनियर टोलीलाई अपमान गरे उनीहरुले बढुवा समितिविरुद्ध उजुरी दिनेदेखि अदालतमा मुद्दा हाल्नेसम्मको तयारी गरिसकेका छन् । जसकारण एआइजी बढुवा पेचिलो बनेको हो ।
एआइजी बढुवा रोक्न एआइजीका दाबेदार मानिएका एआइजीद्वय विश्वराज पोखरेल र सहकुल थापाको पनि जोडबल रहेको बताइन्छ । अहिले उनीहरुको बढुवा रोक्न सक्ने दुईबीच मात्र प्रतिस्पर्धा हुने उनीहरुको आँकलन छ । दृष्टिन्युजबाट.

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!