०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

केन्द्रीय सदस्य सिंहले काँग्रेस बाहेक अन्य राजनीतिक दलले मुलुकको विकास र गति दिन नसक्ने बताएकी हुन्

Logo
प्रकाशित आइतबार, फाल्गुण २९, २०७८

(महेन्द्र सिंह )                                                    नेपाली काँग्रेसका केन्द्रीय सदस्य जानकी सिंहले नेपाली काँग्रेस बाहेक अन्य पाटीले मुलुकको गति दिन नसक्ने बताएकी छिन् । आइतवार प्रेस युनियन दैलेखले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा केन्द्रीय सदस्य सिंहले काँग्रेस बाहेक अन्य राजनीतिक दलले मुलुकको विकास र गति दिन नसक्ने बताएकी हुन् ।

उनले अफ्ठेरो अवस्थामा पनि नेपाली काँग्रेसले मुलुकलाई निकास दिएको केन्द्रीय सदस्य सिंहको भनाई छ । ‘जब जब नेपाल अफ्ट्यारो  अवस्था  हुन्छ, त्यसबेला नेपाली काँग्रेसको काँधमा मुलुकको जिम्मेवारी आउँछ,’ उनले भनिन् ।

नेपाली  काँग्रेसको नेतृत्वमा अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन भएको बताइन् । उनले एमसीसी परियोजना विकास परियोजना मात्रै भएको केन्द्रीय सदस्य सिंहको भनाई छ । एमसीसीबारे तोडमोड गरेर गलत प्रचार गरिएको समेत धारणा राखिन् । रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । श्रीलङ्काली प्रहरीले जङ्गली हात्तीलाई आगो लगाएको भिडियो भाइरल भएपछि जनावरहरूप्रति क्रूरता देखाएको आरोपमा तीन जनालाई बिहीबार पक्राउ गरेको छ। प्रहरीले ४२ देखि ५० वर्ष उमेर समूहका ती व्यक्तिलाई कोलम्बोबाट करिब २०० किलोमिटर उत्तरमा पर्ने अनुराधापुरा जिल्लाबाट नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूलाई सामाजिक सञ्जालमा साझा गरेपछि उत्पन्न व्यापक विरोधपछि डिसेम्बर २४ सम्म हिरासतमा […]

काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन गराउन नसके मार्ग प्रशस्त गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेका छन् । बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सम्बोधन गर्दै उनले भने, ‘सके निर्वाचनको तयारी गर, नत्र बाटो लाग।’ उनले भदौ २४ गते आफूहरूलाई धोका भएको भन्दै टोलटोलमा सुरक्षा दस्ता तयार पार्न पार्टीका नेता […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा जाने तयारीमा जुटेका छन् । बिहीबार उच्च अदालत, बुटबलले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएसँगै आवश्यक कागजी प्रक्रिया मिलाउन भैरहवा जान लागेका हुन् । रास्वपा स्रोतका अनुसार उनी भोलि बिहान फ्लाइट मार्फत भैरहवा जानेछन् । उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न […]

error: Content is protected !!