२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

केन्द्रीय सदस्य सिंहले काँग्रेस बाहेक अन्य राजनीतिक दलले मुलुकको विकास र गति दिन नसक्ने बताएकी हुन्

Logo
प्रकाशित आइतबार, फाल्गुण २९, २०७८

(महेन्द्र सिंह )                                                    नेपाली काँग्रेसका केन्द्रीय सदस्य जानकी सिंहले नेपाली काँग्रेस बाहेक अन्य पाटीले मुलुकको गति दिन नसक्ने बताएकी छिन् । आइतवार प्रेस युनियन दैलेखले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा केन्द्रीय सदस्य सिंहले काँग्रेस बाहेक अन्य राजनीतिक दलले मुलुकको विकास र गति दिन नसक्ने बताएकी हुन् ।

उनले अफ्ठेरो अवस्थामा पनि नेपाली काँग्रेसले मुलुकलाई निकास दिएको केन्द्रीय सदस्य सिंहको भनाई छ । ‘जब जब नेपाल अफ्ट्यारो  अवस्था  हुन्छ, त्यसबेला नेपाली काँग्रेसको काँधमा मुलुकको जिम्मेवारी आउँछ,’ उनले भनिन् ।

नेपाली  काँग्रेसको नेतृत्वमा अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन भएको बताइन् । उनले एमसीसी परियोजना विकास परियोजना मात्रै भएको केन्द्रीय सदस्य सिंहको भनाई छ । एमसीसीबारे तोडमोड गरेर गलत प्रचार गरिएको समेत धारणा राखिन् । रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!