२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

चैत १ गतेदेखी सवारी चालक अनुमति पत्र लाइसेन्सको नयाँ आवेदनहरु बन्द

Logo
प्रकाशित मंगलबार, चैत्र ०१, २०७८


(ABC-SANCHAR)
काठमाडौं । यातायात व्यवस्था विभागले सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द हुने जनाएको हो।

लाइसेन्स लिनका लागि आवेदन धेरै परेकाले अनलाइन आवेदन दिनेहरूलाई दुई वर्ष पछि सम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको छ।

अहिलेसम्म भरेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले तत्काललाई नयाँ आवेदन बन्द गरिएको विभागले जनाएको छ।

कोरोना महामारीका कारण लामो समयदेखि लाइसेन्स परीक्षा रोकिँदा आवेदन दिनेको चाप बढेको हो। ‘अनलाइन आवेदनहरूको कारबाही यथाशक्य चाँडो टुङ्ग्याउनुपर्ने भएकोले चैत १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द रहने,’ विभागद्वारा जारी सूचनामा भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!