२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

होलि पर्बलाई मर्यादित रुपामा मनाउन दाङ एसपी काफ्लेको आग्रह इच्छा बिपरित रङ्ग लगाउनेलाई कार्वाही हुने

Logo
प्रकाशित बुधबार, चैत्र ०२, २०७८

(सागर थापा)
दाङ । होलि पर्वलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय दाङले सम्पूर्ण दाङ जिल्ला बासीमा अनुरोध गरेको छ। होलि पर्वमा उछ्रिङ्कल गतिविधि नगर्न र मर्यादित साथ मनाउन दाङ प्रहरी प्रमुख एसपि सुरेश काफ्लेले दाङ जिल्ला बासीलाई आग्रह गर्नु भएको छ। होलि मनाउन नाममा जबर्जस्ती रङ दल्ने,लोला हाल्ने,मादक पद्धार्थ सेवन गरेर गाडि चलाउने,होहल्ला गर्ने र अपराध सिर्जना गर्ने जो कोहिलाई पनि कानुन अनुसार कार्वाहि गरिने प्रहरीले चेतावनि दिएको छ।साथै इच्छा विपरित रङ दल्ने,टाउकोमा अण्डा फोड्ने र ब्याट्रीको कालो दल्ने समेतलाई कानुनि दाएरामा ल्याउने प्रहरीले जनाएको छ। आत्मिएता र सध्भाव फैलाउने गरि पर्बलाई मनाउन आग्रह गर्दै प्रहरीले कुनै पनि उछ्रिङ्कल कार्य हुने देखिएमा र भएमा प्रहरीलाई १०० नम्बरमा फोन गरेर सघाउन समेत सबैमा अपिल गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!