२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

होलि पर्बलाई मर्यादित रुपामा मनाउन दाङ एसपी काफ्लेको आग्रह इच्छा बिपरित रङ्ग लगाउनेलाई कार्वाही हुने

Logo
प्रकाशित बुधबार, चैत्र ०२, २०७८

(सागर थापा)
दाङ । होलि पर्वलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय दाङले सम्पूर्ण दाङ जिल्ला बासीमा अनुरोध गरेको छ। होलि पर्वमा उछ्रिङ्कल गतिविधि नगर्न र मर्यादित साथ मनाउन दाङ प्रहरी प्रमुख एसपि सुरेश काफ्लेले दाङ जिल्ला बासीलाई आग्रह गर्नु भएको छ। होलि मनाउन नाममा जबर्जस्ती रङ दल्ने,लोला हाल्ने,मादक पद्धार्थ सेवन गरेर गाडि चलाउने,होहल्ला गर्ने र अपराध सिर्जना गर्ने जो कोहिलाई पनि कानुन अनुसार कार्वाहि गरिने प्रहरीले चेतावनि दिएको छ।साथै इच्छा विपरित रङ दल्ने,टाउकोमा अण्डा फोड्ने र ब्याट्रीको कालो दल्ने समेतलाई कानुनि दाएरामा ल्याउने प्रहरीले जनाएको छ। आत्मिएता र सध्भाव फैलाउने गरि पर्बलाई मनाउन आग्रह गर्दै प्रहरीले कुनै पनि उछ्रिङ्कल कार्य हुने देखिएमा र भएमा प्रहरीलाई १०० नम्बरमा फोन गरेर सघाउन समेत सबैमा अपिल गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!