०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

समाजमा बस्ने हरेक व्यक्ति वर्दी बिनाको प्रहरी हुन् : डिएसपी अर्याल

Logo
प्रकाशित बुधबार, चैत्र ०२, २०७८

ABC (क्राईमबिट)
दाङ । तुल्सीपुर शान्तिपूर्ण एवम् सुरक्षित समाजका लागि समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ज्ञानज्योति माध्यमिक विद्यालय तुलसीपुरका कक्षा ११ र १२ मा अध्ययनरत कानुन संकायका विद्यार्थीहरुसंग ईलाका प्रहरी कार्यालय तुलसीपुरले बुधवार अन्तर्कृया गरेको छ। कार्यक्रममा कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले प्रहरी-नागरिक बिचको सम्बन्ध नङ र मासु जस्तै भएको बताउनु भयो। वर्तमान परिस्थितिमा प्रहरी बिना समाजको परिकल्पना गर्न नसकिने उहाँको भनाइ थियो। समाजमा बस्ने हरेक व्यक्ति वर्दी बिनाको प्रहरी हुन्। समग्रमा समाजमा सद्भाव र शान्ति कायम गर्न जति नेपाल प्रहरीको भूमिका छ, त्यो भन्दा बढी समाजमा बस्ने नागरिकको पनि त्यति नै दायित्व हुन्छ त्यसैले प्रहरी र नागरिक बिचको सुमधुर सम्बन्धलाई अझै मजबुत बनाउन एकदम अपरिहार्य रहेको उहाँको धारणा थियो। केही बर्ष अगाडीको नेपाल प्रहरी र अहिलेको प्रहरी-नागरिक बिचको सम्बन्ध झन् उदाहरणीय बन्दै गएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो। वास्तवमा प्रहरी र नागरिक बिचको समधुर सम्बन्धले नै लागुऔषध, गुण्डागर्दी, बालविवाह, हिंसा, अत्याचार, हत्या, बलात्कार, चोरी-डकैती तथा महिला-बालबालिका माथि हुने बिभिन्न प्रकारका हिंसालाई निराकरण गर्न निकै टेवा पुग्ने भएकोले नागरिकले अझै आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाउन समेत जरुरी रहेको कुरामा उहाँले जोड दिनुभयो। विद्यालयका शैक्षिक संयोजक शरद गौतमको अध्यक्षतामा भएको अन्तर्कृया कार्यक्रममा अतिथी वक्ता अर्यालले सामाजिक संजालमा देखिएको विकृति संगै बढ्दो साईवर क्राईम, लागु औषध दुर्व्यसनले समाजमा पारेको नकारात्मक प्रभाव लगायत बिभिन्न विषयमा पनि प्रकाश पार्नुभएको थियो। नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, कानुन बिषयका शिक्षक उत्तम भण्डारी र सोमराज बस्नेत लगायतको सहभागिता रहेको कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक तुफानबाबु श्रेष्ठले गर्नु भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारीसम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला […]

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए । मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी […]

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

error: Content is protected !!