(ABC–SANCHAR) काठमाडौं । स्थानीय तहको निर्वाचनको आमसभामा भाग लिने तथा प्रचारप्रसार गर्नेले दलको निर्वाचन चिह्न वा झण्डा अंकित लोगो वा टोपी, टिसर्टलगायत प्रयोग गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी तयार पारिएको आचारसंहितामा यस्तो व्यवस्था गरिएको हो। भनिएको छ, ‘जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्न वा झण्डाअंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न हुँदैन।’तर, उम्मेदवारले ए फोर साइजको कागजमा आफ्नो व्यक्तिगत पहिचान (बायोडाटा) को विवरण खुलाई वितरण गर्न बाधा नपर्ने भनिएको छ।