०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

निर्वाचनमा उम्मेदवारले २५ हजारभन्दा बढी चन्दा उठाउँदा बैंक मार्फत गर्नु पर्ने

Logo
प्रकाशित शुक्रबार, चैत्र ०४, २०७८

ABC=SANCHAR)
काठमाडौं । स्थानीय निर्वाचनमा सहभागी हुने राजनीतिक दल र उम्मेदवारले २५ हजार रुपैयाँभन्दा बढी चन्दा उठाउँदा बैंक तथा वित्तीय संस्था मार्फत गर्नु पर्ने भएको छ।

निर्वाचन आयोगले हालै ल्याएको निर्वाचन आचारसंहित, २०७८ मा यस्तो व्यवस्था गरिएको हो।

‘राजनीतिक दलले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक खाता मार्फत दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा खर्च गर्नु पर्ने,’ निर्वाचन आचारसंहितामा लेखिएको छ, ‘पच्चीस हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्था मार्फत गर्नु पर्ने।’

उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा अनिवार्य रुपमा बैंक वा वित्तीय संस्थामा खाता खोली गर्नु पर्नेछ।

उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी समेत तोक्नु पर्ने आचारसंहितामा उल्लेख छ। खर्च गर्ने जिम्मेवार पदाधिकारीको नाम र विवरण उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनु पर्नेछ।

व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिई उम्मेदवारको वा राजनीतिक दलको बैंक खातामा जम्मा गर्नु पर्ने व्यवस्था आचारसंहितामा गरिएको छ।

उम्मेदवार वा दलको आम्दानी–खर्चको विवरण प्रचलित कानून बमोजिम आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालय वा आयोगमा बुझाउनु पर्नेछ।

‘आयोगले खर्चको बिल भरपाई तथा बैङ्क वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेश गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेश गर्नु पर्ने,’ निर्वाचन आचारसंहित, २०७८ मा उल्लेख छ ।

निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपश्चात सार्वजनिक गरी प्रचलित निर्वाचन सम्बन्धी कानूनले तोकेको अवधिभित्र आयोगमा बुझाउनु पर्नेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । कलैया स्थित यातायात व्यवस्था कार्यालयमा लिखित तथा ट्रायल परीक्षामा व्यापक भ्रष्टाचार, अनियमितता र सेटिङ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय बनेपछि कार्यालय प्रमुख अर्विन्द्र दास गम्भीर विवादमा छन्। कार्यालय प्रमुख दासमाथि सेवाग्राहीसँग करोडौँ रुपैयाँ असुली, पद र शक्तिको दुरुपयोग, परिवारका सदस्य प्रयोग गरी अवैध धन्दा सञ्चालन, तथा कर्मचारीमाथि कुटपिट जस्ता गम्भीर आरोप […]

फिल्डमा खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरी प्रमुख, सेना प्रमुख र तत्कालीन मुख्यसचिवसम्मको बयान आयोगले लिएको छ । अब तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको मात्र बयान बाँकी छ । २३ र २४ भदौका घटनाबारे जाँचबुझ आयोगले सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिएको छ। सबै अधिकारीहरूले बाध्यात्मक परिस्थितिमा बल प्रयोग गर्नुपरेको र स्थिति नियन्त्रणका लागि गोली […]

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले मंगलबार आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले इन्स्पेक्टर थापालाई बिदाइ गरेका हुन् । नेपाल प्रहरी संगठनमा २०५२ पुस १ गते भर्ना भई ३० वर्षे सेवा अवधि पूरा गरेर मिति २०८२ पुस १ गते उनी अनिवार्य अवकाशमा गएका हुन् । सो अवसरमा […]

error: Content is protected !!