
ABC (क्राईमबिट)
सर्लाही । बिशेष सूचनाका आधारमा फरार अभियुक्त पक्राउ गर्न गएको प्रहरीको टोलीलाई सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १२ र १३ को सीमामा पर्ने झोलुङ्गे पुलमा स्थानीय युवाहरुले आक्रमण गर्दा पत्थरकोट प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक रामएकवाल यादव घाइते भएका हुन् । बिहिवार राती आक्रमणबाट घाइते प्रहरी नायब निरीक्षक यादवको नेपाल प्रहरी अस्पताल, महाराजगन्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
प्रहरी नायब निरीक्षक यादवलाई आक्रमण गर्ने टोलीको खोजतलास जारी रहेपनी अझै फेला नपरेको सर्लाही प्रहरीले जनाएको छ ।