२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

सीआईबीको सोधपुछपछि अभिनेत्री प्रियंका कार्की जमानीमा रिहा

Logo
प्रकाशित आइतबार, चैत्र ०६, २०७८


(ABC=SANCHAR)
काठमाडौं । क्रिप्टोकरेन्सी प्रचारमा संलग्न रहेको भन्दै सोधपुछका लागि बोलाइएकी अभिनेत्री प्रियंका कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले रिहा गरेको छ । उनलाई जिम्मा–जमानीमा रिहा गरेको छ । नेपालमा अबैध रहेको क्रिप्टोकरेन्सीको विवादमा परेकी उनलाई त्यसबारे सोधपुछ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले प्रियंकालाई कार्यालयमा बोलाएको थियो ।

क्रिप्टोकरेन्सीको विज्ञापनमा तस्बिर उल्लेख भएको विषयमा उनलाई सोधपुछ गरिएको र सोधपुछपछि जिम्मा–जमानीमा छाडिएको सीआईबी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंहले जानकारी दिए ।

‘उहाँको फेसबुकमा क्रिप्टोकसेन्सीबारे पोष्ट गरेको पाइयो । त्यसपछि कसले र कसरी पोष्ट भयो भनेर सोधपुछका लागि बोलाएका थियौं ,’ उनले भने । अनुसन्धान जारी रहेकाले फेरि हाजिर हुनेगरी अहिलेलाई जिम्मा जमानीमा छाडिएको उनले बताए ।

क्रिप्टोकरेन्सी कारोबार नेपालमा प्रतिबन्धित छ । फागुन ३० गते नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी कारोबार हुने सबै मोबाइल एप बन्द गर्न निर्देशन दिएको थियो ।

नेपालमा अहिले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाप्टर नेटवर्किङ, अनलाइन जुवा तथा तास गैरकानूनी छ । यस्ता क्रियाकलापले गर्दा आर्थिक अपराध बढेको भन्दै सूचना तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयले बन्द गराउन प्राधिकरणलाईं निर्देशन दिएको थियो । सोही आधारमा प्राधिकरणले बन्द गराएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!