०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

महिला प्रहरीको हत्या

Logo
प्रकाशित सोमबार, चैत्र ०७, २०७८

काठमाडौं, चैत ०७ । यौन दुर्व्यवहारको विषयलाई लिएर तनाव हुँदा मोरङको लेटाङमा एक महिला प्रहरीको हत्या गरिएको छ। आक्रोशित स्थानीयको भीडबाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। छुरा प्रहार गरिएका उर्मिलाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको घटनास्थलमा रहेका मोरङ प्रहरी प्रमुख जनार्दन जोशीले बताए।‘उहाँको घाँटीमै छुरा प्रहार भएपछि गम्भीर हुनुभएको थियो। अस्पताल लैजाँदै गर्दा उहाँको मृत्यु हुन पुग्यो। यसबारे हामी अनुसन्धान गर्दैछौं’ उनले भने।

आइतबार लेटाङ -५ खेरुवास्थित शिक्षा विकास माविमा कक्षा-६ अध्ययनरत विद्यार्थीलाई ५६ वर्षीय शिक्षक मनोज पौडेलले यौन दुर्व्यवहार गरेपछि स्थानीयहरु आक्रोशित बनेका थिए। विद्यालयमा रहेका शिक्षक पौडेललाई आक्रोशित भीडले बाहिर ल्याउने प्रयास गरेपछि स्थिति नाजुक बनेको थियो। त्यही बेला झडप भएको प्रहरीले जनाएको छ।

भीड नियन्त्रणका लागि प्रहरीले हवाई फयार गर्दा आक्रोशित भीडबाट प्रटोल बम प्रहार भएको प्रहरीको दाबी छ। नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले झडपमा घाइते भएका प्रहरी जवानको उद्धार गरिएको र उपचारका लागि अस्पताल पठाइएको जानकारी दिए। साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । कलैया स्थित यातायात व्यवस्था कार्यालयमा लिखित तथा ट्रायल परीक्षामा व्यापक भ्रष्टाचार, अनियमितता र सेटिङ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय बनेपछि कार्यालय प्रमुख अर्विन्द्र दास गम्भीर विवादमा छन्। कार्यालय प्रमुख दासमाथि सेवाग्राहीसँग करोडौँ रुपैयाँ असुली, पद र शक्तिको दुरुपयोग, परिवारका सदस्य प्रयोग गरी अवैध धन्दा सञ्चालन, तथा कर्मचारीमाथि कुटपिट जस्ता गम्भीर आरोप […]

फिल्डमा खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरी प्रमुख, सेना प्रमुख र तत्कालीन मुख्यसचिवसम्मको बयान आयोगले लिएको छ । अब तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको मात्र बयान बाँकी छ । २३ र २४ भदौका घटनाबारे जाँचबुझ आयोगले सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिएको छ। सबै अधिकारीहरूले बाध्यात्मक परिस्थितिमा बल प्रयोग गर्नुपरेको र स्थिति नियन्त्रणका लागि गोली […]

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले मंगलबार आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले इन्स्पेक्टर थापालाई बिदाइ गरेका हुन् । नेपाल प्रहरी संगठनमा २०५२ पुस १ गते भर्ना भई ३० वर्षे सेवा अवधि पूरा गरेर मिति २०८२ पुस १ गते उनी अनिवार्य अवकाशमा गएका हुन् । सो अवसरमा […]

error: Content is protected !!