२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

डीआईजीहरू भड्काउने एआईजी पाल र एसएसपी सिंहको घिन लाग्दो हर्कत यस्तो

Logo
प्रकाशित मंगलबार, चैत्र ०८, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) हरिबहादुर पालको उक्साहटमा तीन जना नायब महानिरीक्षकहरू (डीआईजी)ले उजुरी गर्न पुगेको खुलासा भएको छ ।

अबको एक महिनामा अनिर्वाय अवकासमा जान लागेका एआईजी पालले एआईजी बढुवामा भाँजो हाल्न डीआईजी घनश्याम अर्याललाई उचालेर लोकसेवा आयोगको उजुरी सुन्ने सचिवालयमा उजुरी दिएको स्रोतले जनाएको छ ।

डीआईजी घनश्याम अर्याल एआईजी पालको उक्साहटमा उजुरी दिन पुगेपछि डीआईजीद्वय प्रकाशजंग कार्की र ईश्वरबाबु कार्की पनि पछिपछि लागेर उजुरी दिन पुगेको उच्च स्रोतको भनाइ छ ।

गृह मन्त्रालयले डीआईजीहरू बसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई एआईजी बढुवामा सिफारिस गरेको थियो । मन्त्रिपरिषदबाट एआईजीमा बढुवा गर्ने बेला एआईजी हरिबहादुर पाल र एसएसपी अशोक सिंहको हर्कतले नेपाल प्रहरीभित्र तनाबको स्थिति बनेको छ ।

नेपाली कांग्रेस नेतृत्वको सरकार आउनेवित्तिकै सुदूरपश्चिमको नाता लगाएर शैलेस थापा क्षेत्रीलाई हटाएर पाल आफू आईजीपी बन्न खोजेका थिए । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले पालको कुरामा रुचि नदेखाएपछि जिल परेर रानीपोखरीमा थन्किएका छन् ।

आईजीपी थापासँगै पाल पनि वैशाख २० गतेतिर उमेर हदका अनिर्वाय अवकासमा जाँदैछन् ।

तीन जना डीआईजीलाई उचालेर उजुरी गर्न पठाएका पालको योजनाले घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्की तनाबको अवस्थामा पुगेका छन् ।

अहिले उनीहरू एआईजी पालको उक्साहटमा लागेर नेपाल प्रहरीको चेनअफ कमाण्ड भत्काउने कार्य गरेको भनेर पछुताएका छन् ।

यी तीन जना डीआईजीलाई उजुरी गर्न उचालनेमा एसएसपी अशोक सिंह पनि छन् । एआईजी पाल र एसएसपी सिंहबीच निकै घनिष्ट सम्बन्ध छ । पाल र सिंह मिलेर तीन जना असन्तुष्ट डीआईजीहरूलाई उचालेको स्रोतले जनाएको छ ।

एसएसपी सिंहले काठमाडौं प्रहरीको प्रमुख हुँदा कीर्ते काण्डका तत्कालीन डीआईजी नवराज सिलवाललाई सफाइ दिन प्रतिवेदन बनाएका थिए । तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई खुसी बनाउन एसएसपी सिंहले विवादित व्यक्ति सिलवाललाई सफाइ दिन ठूलो भूमिका खेलेका थिए ।

एआईजीको बढवा प्रकरणमा पालसँग मिलेर चलखेल गरेपछि आफू एसएसपीबाट डीआईजीमा बढुवा हुन सहज हुने सिंहको बुझाइ छ । चेक काण्डमा परेका एसएसपी सिंह विवादित प्रहरी अधिकारी मानिन्छन् ।
रि-पब्लिका दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!