२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

हत्या गर्ने योजना बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ

Logo
प्रकाशित मंगलबार, चैत्र ०८, २०७८

काठमाडौं । हत्या गर्ने योजना बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सर्लाहीको हरिवन नगरपालिका–९ का विश्वराज पोखरेल आपराधिक षड्यन्त्र रचेको अभियोगमा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनलाई म्याग्दीबाट नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङबाट म्याग्दी प्रहरीसँग समन्वय गरी पोखरेललाई पक्राउ गरिएको हो । हरिवन ११ का अर्जुन रायमाझी भनिने सिद्धीबहादुर रायमाझीले गत पुस २१ गते पोखरेलविरुद्ध दरर्खास्त दिएका थिए । पोखरेलले आफ्नो ज्यान लिने षड्यन्त्र रचेको भन्दै रायमाझीले दरर्खास्त दिएका प्रहरीले जनाएको छ ।

सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीका अनुसार दरखास्त परेसँगै सर्लाही जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पोखरेललाई पक्राउ गरिएको हो । पक्राउपछि उनीमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । साभर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!