२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

श्रीमतीलाई हँसिया हान्ने पक्राउ

Logo
प्रकाशित मंगलबार, चैत्र ०८, २०७८

(एबिसि संचार ) । कतारबाट आएकै दिन परपुरुषसँग सम्बन्ध राखेको आरोप लगाउँदै श्रीमतीलाई हँसिया प्रहार गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुटवल ११ का ३५ वर्षीय रामकमल कोइरी रहेका छन् ।

रोजगारीको सिलसिलामा कतार गएका उनी सोमबार साँझ ८ बजे घर फर्किएका थिए । घर आएपछि आफू नहुँदा परपुरुषसँग सम्बन्ध राखेको भन्दै श्रीमती ३३ वर्षीया लक्ष्मी विष्टलाई उनले हँसियाले आक्रमण गरेका थिए ।

आक्रमणबाट बचाउन जाँदा उनकी भाउजू शर्मिला विष्ट पनि घाइते भएकी छन् । घाइतेहरूको हात, खुट्टा, कम्मर, टाउकोलगायतमा चोट लागेको छ । गम्भीर घाइते भएका लक्ष्मी र शर्मिलाको बुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको छ ।

अभियुक्त कोइरीलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया थालेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठग बहादुर केसीले जानकारी दिए ।

छिमेकी राधिका कँडेलका अनुसार कोइरीले लक्ष्मीसँग २०६५ सालमा प्रेम विवाह गरेका थिए । उनीहरूबिच विवाहपछि खटपट सुरु हुँदै आएको थियो । साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!