२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

श्रीमतीलाई हँसिया हान्ने पक्राउ

Logo
प्रकाशित मंगलबार, चैत्र ०८, २०७८

(एबिसि संचार ) । कतारबाट आएकै दिन परपुरुषसँग सम्बन्ध राखेको आरोप लगाउँदै श्रीमतीलाई हँसिया प्रहार गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुटवल ११ का ३५ वर्षीय रामकमल कोइरी रहेका छन् ।

रोजगारीको सिलसिलामा कतार गएका उनी सोमबार साँझ ८ बजे घर फर्किएका थिए । घर आएपछि आफू नहुँदा परपुरुषसँग सम्बन्ध राखेको भन्दै श्रीमती ३३ वर्षीया लक्ष्मी विष्टलाई उनले हँसियाले आक्रमण गरेका थिए ।

आक्रमणबाट बचाउन जाँदा उनकी भाउजू शर्मिला विष्ट पनि घाइते भएकी छन् । घाइतेहरूको हात, खुट्टा, कम्मर, टाउकोलगायतमा चोट लागेको छ । गम्भीर घाइते भएका लक्ष्मी र शर्मिलाको बुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको छ ।

अभियुक्त कोइरीलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया थालेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठग बहादुर केसीले जानकारी दिए ।

छिमेकी राधिका कँडेलका अनुसार कोइरीले लक्ष्मीसँग २०६५ सालमा प्रेम विवाह गरेका थिए । उनीहरूबिच विवाहपछि खटपट सुरु हुँदै आएको थियो । साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

error: Content is protected !!