जिल्ला प्रहरी कार्यालय बाँकेका लागि दुई (डीएसपी) मनोहरप्रसाद भट्टको काज सरुवा भएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख रहेका उनको प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय बाँकेमा काज सरुवा गरेको हो ।
यसअघि नै जिल्ला प्रहरी कार्यालय बाँकेमा डीएसपी मधुसुदन न्यौपाने कार्यरत रहेका छन् । भट्टको समेत दार्चुलाबाट काज सरुवा भएपछि जिल्ला प्रहरी कार्यालय बाँकेमा दुई डीएसपी रहने भएका छन् ।