२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

दाङ-सल्यान सडकखण्ड, आवागमन बन्द

Logo
प्रकाशित बुधबार, चैत्र ०९, २०७८

दाङ । राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डमा सुख्खा पहिरो गएपछि आवागमन बन्द भएको छ । सडक निर्माणको क्रममा सुख्खा पहिरो झरेपछि सडक बन्द भएको हो !

सल्यानको कपुरकोट–३ चोरखोलानजिक छाँगामा सडक निर्माण कार्य भइरहेका बेला बुधबार बिहान सुख्खा पहिरो झरेको थियो । पहिरोले बा २ क ८०७७० नम्बरको स्काभेटर पुरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्काभेटरका अपरेटर हिमनाथ योगी सामान्य घाइते छन् ।

पहिरो झरेको ठाउँमा अर्काे स्काभेटर भएपनि सडकको अवरोध हटाउन समस्या भएको र दाङबाट अर्काे स्काभेटर ल्याएर पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । दिउँसोसम्ममा सडक सञ्चालनमा आउन सक्ने प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

error: Content is protected !!