२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

बहिनी बलात्कारको आरोपमा दाजु पक्राउ

Logo
प्रकाशित बुधबार, चैत्र ०९, २०७८

ABC (सञ्चार ) । बहिनीमाथि बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन् । आफ्नै १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय दाजुलाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार घाँस काट्न गएकी बालिकामाथि मोबाइल र पैसाको प्रलोभन देखाएर बलात्कार भएको उनकै आमाले उजुरी दिएपछि दाजुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बालिकाले घटनाबारे बताएपछि सोमबार उनकी आमाले उजुरी दिएकी थिइन् ।

बालिकाको स्वास्थ्य परीक्षण गरिएको र सुरक्षित घरमा राखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर विष्टले आरोपीमाथि जबरजस्ती करणीअन्तर्गत मुद्दा चलाइएको बताए ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!