ABC (संचार ) जवरजस्ती करणी गरेका आरोपमा रामेछापको मन्थलीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जवरजस्ती करणी गरेका आरोपमा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको टोलीले मंगलबार अपरान्ह ४ः३० बजेको समयमा रामेछाप मन्थली नगरपालिका वडा नम्बर–१ भैसेश्वर स्थित सडकमा हिँडिरहेको अवस्थामा एक पुरुषलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दैलेख जिल्ला चामुण्डा गाउँपालिका वडा नम्बर–४ खारगाँउ घर भई हाल रामेछापको मन्थली नगरपालिका वडा नम्बर–१ बस्ने वर्ष ३७ को रुकुम बुढा रहेको जिल्ला प्रहारी कार्यालय रामेछापले जनाएको छ ।साभार