२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

नेपालगन्जको क्रिष्टिलो पानीको चरम लापरबाही उपभोक्ताहरुलाई सास्ती

Logo
प्रकाशित बिहिबार, चैत्र १०, २०७८


(ABC=SANCHAR)
बाँके । नेपालगन्ज बजारमा सबैभन्दा बढी चलेको क्रिष्टिलो नाम खानेपानीले यतिबेला दैनिक जसो बदमासी गर्दै आएको देखिएकोछ । पानी वितरककै सानो बदमासीले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रका मात्रै सयौं उपभोक्ता मर्कामा परेका छन ।

क्रिष्टिलोका वितरकहरूले समयमै पानी नल्याउने, ल्याएपनि नयाँ जार लगेर परानो भिडाउने अनि अर्को पटक पानी राख्दा उक्त जार आफनो होइन भन्दै नलिने, उपभोक्तालाई थर्काउने गरेको भेटिएको छ ।

वितरक वा कम्पनी सन्चालकले उपभोक्तालाई कुनै खालको परामर्श समेत दिएका छैनन । तर कम्पनीका सन्चालक शरद रिजाल जसको जार टुटफुट भए उसैले जिम्मेवारी लिनुपर्ने बताउँछन । यद्दपी यसका लागि पनि अग्रिम उपभोक्तालाई जानकारी गराइएको हुँदैन । खाद्य ऐन नमान्ने व्यवसायमध्ये पहिलो नम्बरमा प्रशोधित पिउने पानी उद्योग रहेका छन ।

यसरी खाद्य ऐन उल्लङ्घन गर्ने पानी उद्योगलगायत मापदण्डानुसार सञ्चालन नभएका व्यवसायलाई कानूनी कारवाही गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।मापदण्ड पूरा नगरी नेपालगञ्जमा सञ्चालित दर्जनभन्दा बढी पानी उद्योग कारबाहीमा परेका छन्।

मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने पानीमा समेत उद्योगबाटै लापरबाही हुने गरेको नेपाल पानी उद्योग, ड्यु ड्रप ड्रिकिङ वाटर इन्डस्ट्रिज, सोनी ड्रिंकिङ वाटर इन्डस्ट्रिज, जय माँ वैष्णवी पानी उद्योग,अनमोल ड्रिंकिङ वाटर इन्डस्ट्रिज, न्यू सगरमाथा पानीसगरमाथा पानी उद्योग, अक्वा नेपाल ड्रिंकिङ वाटर इन्डस्ट्रिज, एचओ ड्रिंकिङ वाटर इन्डस्ट्रिज,

आरआर ड्रिंकिङ वाटर इन्डस्ट्रिज, आरम्भ ड्रिंकिङ वाटर इन्डस्ट्रिज, मुक्तिनाथ ड्रिंकिङ वाटर इन्डस्ट्रिज, जेके ड्रिंकिङ वाटर इन्डस्ट्रिज, न्यू लहर ड्रिंकिङ वाटर इन्डस्ट्रिज र जिया नेपाल ड्रिंकिङ वाटर इन्डस्ट्रिजले मापदण्ड पूरा नगरेको बाँके प्रशासन बताउँछ ।

अझै कति उद्योग सरकारी दायरामा आउन बाँकी छन् भन्ने तथ्याङ्क कुनै निकायसँग छैन। अनुमति लिएका उद्योगले भने अनिवार्य पानी परीक्षण गराई प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान छ।

तर आधाजसोको नियमित नवीकरण नभएको अधिकारीहरूले बताएका छन्।निजी उद्योगबाट उत्पादित अधिकांश बोतल र जारको पानी सरकारी मापदण्ड विपरीत रहेको पाइएको अधिकारीहरूले बताएका छन्। इ-सेतोखरीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!