२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सशस्त्र प्रहरीको फेरि रोकियो बढुवा

Logo
प्रकाशित बिहिबार, चैत्र १०, २०७८

गृह मन्त्रालय र सशस्त्र प्रहरी नेतृत्वबीचको विवादले सशस्त्र प्रहरीमा बढुवा प्रक्रिया रोकिएको छ । गृह मन्त्रालय र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ ।

सशस्त्रमा हालै तल्लो तहका एक सय ७४ दरबन्दी कटौती गरेर माथिल्लो तहका एक सय १२ दरबन्दी थपिएको थियो । त्यसमा संगठन तथा व्यक्तिलाई हेरेर प्राविधिकतर्फ धेरै पद थपिएको थियो । इन्सपेक्टरबाट डिएसपी बढुवा हुन १६ वर्षभन्दा धेरै अवधि लाग्ने अवस्था आएपछि केही दरबन्दी थपिएकोमा स्वार्थको टकरावले ती पदमा बढुवा समेत सिफारिस हुन सकेको छैन । सशस्त्रमा साधारण उपसमूहतर्फ तीन एसएसपी, २८ एसपी तथा एक सय २४ डिएसपीको दरबन्दीमा बढुवा हुन नसेको हो । त्यस्तै, कानून र लेखातर्फ पनि बढुवा प्रक्रिया सुरु हुन सकेको छैन । सशस्त्रमा खागरी लेखामा व्यक्तिलाई लक्षित गरी दरबन्दी थपिएको स्रोत बताउँछ ।

एसपी र डिएसपीमा बढुवाका लागि एक महिनाअघि नै सूचना प्रकाशन भएको थियो । त्यही सूचनाका आधाराम बढुवा गर्न मिल्ने कि नमिल्ने भन्ने विवादमा बढुवा समिति बैठक नै बस्न नसकेको बताइएको छ । तर, खासमा गृह मन्त्रालयले आफ्नो सूचीअनुसार बढुवा गर्न खोजेको छ भने सशस्त्र महानिरीक्षक खनालको सूची छुट्टै छ । महानिरीक्षक खनालले अवकाश पाउन लागेकाले उनीमाथि हाबी हुने गृह मन्त्रालयको रणनीति छ । जसले गर्दा बैठक बस्न नसकेको हो । महानिरीक्षक खनालको कार्यकाल अब १७ दिन मात्र बाँकी छ ।

विवादकै कारण १९ महिनासम्म गण र बिओपीका इन्चार्ज पनि फेरिएका छैनन् । जसले सशस्त्र प्रहरीमा विकृती बढेको छ। लेखापालको सरुवा पनि विवादकै कारण रोकिएको

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]