२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

उच्च अदालतले माग्यो पललाई थुनामा पठाउने आदेश गर्दा प्रमाण लिएका कागजातहरु

Logo
प्रकाशित बुधबार, चैत्र १६, २०७८

(ABC=SANCHAR)
पोखरा । उच्च अदालत पोखराले जबर्जस्ती करणी अभियोगमा अभिनेता पल शाह (पूर्णविक्रम शाह) लाई थुनामा पठाउने आदेश गर्दा प्रमाण लिएका कागजात मागेको छ ।

शाहलाई जिल्ला अदालत तनहुँले १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सो आदेशविरुद्ध शाहले मंगलबार दिएको निवेदनको बुधबार प्रारम्भिक सुनुवाइ भएको हो ।

शाहले दिएको निवेदनको सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्दा प्रमाणमा लिएका कागजातको प्रमाणित प्रतिलिपी माग गरेको उच्च अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!