१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

एमबीबीएसको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी,

Logo
प्रकाशित शुक्रबार, चैत्र १८, २०७८

ABC (Sanchar) एमबीबीएसको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी भेटिएका छन् । महानगरीय अपराध महाशाखाको टोलीले राजधानीको दुई स्थानबाट ४ जनालाई पक्राउ गरेको छ । शुक्रबार भएको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको विशेष सूचनाका आधारमा खटिएको महाशाखाको टोलीले ४ जनालाई पक्राउ गरेको एक प्रहरी अधिकारीले बताए ।

महाशाखाका ती अधिकारीका अनुसार बानेश्वरस्थित एम्बिसन र ललितपुरको बालकुमारीस्थित सीसीआरसी कलेजबाट ४ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको हो। प्रहरीले यसबारे अनुसन्धान अघि बढाइएको जनाएको छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । चुरोटमा विभिन्न खाले अक्सिडेन्ट रसायन पाइन्छ जसले आँखामा समेत असर गर्दछ । जसका कारण आँखाको ज्योति कम हुने, मोतियाविन्दु, म्याकुलर डिजेनेरेसन तथा अप्टिक न्यूरोप्याथी जस्ता समस्या उत्पन्न हुन सक्दछन् । ·  चुरोटमा हुने निकोटिनले सरीरमा एस्ट्रोजेन हर्मोनको प्रभाव कम गरिदिन्छ । जसका कारण हड्डी कमजोर हुन्छ । · चुरोटको धुवाँले सरीरमा रक्तप्रवाह कम गरिदिन्छ । […]

बिरगंज । सुनसरीमा भएको घटनाको विरोधमा आज वीरगञ्जमा पनि हिन्दु संगठनहरूले प्रदर्शन गरेका छन्। सुनसरीको इनरुवामा केही दिनअघि धार्मिक आस्था र संस्कृतिमाथि प्रहार भएको भन्दै स्थानीयमा आक्रोश छ। त्यही घटनालाई लिएर देशभरका विभिन्न जिल्लामा विरोध सुरु भएको हो। विश्व हिन्दु परिषद, बजरंग दल लगायतका संगठन सडकमा उत्रिए दोषीलाई कडा कारबाही गर, धार्मिक भावना माथि प्रहार […]

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

error: Content is protected !!