१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, साउन ११, २०८३

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन,

रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ।

सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा विशेष टोली परिचालन गरिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बागेश्वरी बाँकेका अनुसार देशका प्रमुख सीमा नाकामा परिचालन गरिएको बीआइटी टोली प्रत्येक स्थानमा सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा १४ सदस्यीय रहने व्यवस्था गरिएको छ। टोली बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म बीआइटीको आधिकारिक पोशाकमा खटिनेछ। प्रत्येक सिफ्टमा एक जना महिला सशस्त्र प्रहरी कर्मचारी पनि रहने व्यवस्था गरिएको छ।

जमुनाह नाकामा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बागेश्वरी बाँकेका प्रमुख प्रहरी उपरीक्षक भीमबहादुर चन्दको उपस्थितिमा बीआइटी टोलीले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको हो।

बीआइटी टोलीको मुख्य जिम्मेवारी सीमा क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणलाई सहज सेवा उपलब्ध गराउनु, मानव बेचबिखन तथा ओसारपसारका घटनाको रोकथाम, उद्धार र सूचना सङ्कलन गर्नु रहेको छ। साथै प्रतिबन्धित लागूऔषध, अवैध सामान तस्करी तथा अन्य सीमा अपराधमाथि निगरानी बढाई आवश्यक कारबाहीमा सहयोग गर्ने जिम्मेवारी पनि टोलीलाई दिइएको सशस्त्र प्रहरी उपरीक्षक चन्दले बताए।

‘सीमा नाकामा बीआइटी टोलीको आवश्यकता महसुस भइरहेको थियो। टोली परिचालनसँगै सीमा क्षेत्रमा हुने गतिविधिमाथि निगरानी प्रभावकारी हुने र अन्तर्राष्ट्रिय नाकामा हुने अवैध गतिविधि नियन्त्रण गर्न थप सहज हुने विश्वास लिएका छौं,’ उनले भने।

प्रधान कार्यालयबाट प्रत्यक्ष परिचालन गरिएको बीआइटी टोली जमुनाहमा भने सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बागेश्वरी बाँकेको समन्वय र निर्देशनमा परिचालन हुनेछ। टोलीको परिचालनसँगै जमुनाह सीमा नाकाको सुरक्षा व्यवस्था थप प्रभावकारी हुने, अवैध गतिविधि नियन्त्रणमा सहयोग पुग्ने तथा सीमावर्ती क्षेत्रमा नागरिकमैत्री सुरक्षा सेवा अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]