०६ मंसिर २०८३, आइतबार
22-11-2026 , Sun
×

९० किलो लागुऔषध गाँजासहित एकजना भारतीय नागरिकलाई पक्राउ

Logo
प्रकाशित सोमबार, चैत्र २१, २०७८

ABC (क्राईमबिट)
मकवानपुर । मनहरी गाउँपालिका- ६ स्थित पूर्वपश्‍चिम राजमार्गमा चितवनबाट मनहरी आउँदै गरेको भारतीय ट्रकलाई चेकजाँच गर्ने क्रममा क्‍याबिनमा रहेको गाँजासहित ट्रक र एक जनालाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षीय असगर अली छन् । पक्राउ परेका अलीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । दोलखाको गैरीमुदीबाट काठमाडौंका लागि छुटेको बस चरंगे भन्ने स्थानमा दुर्घटनामा परेको छ। दुर्घटनामा बैत्यश्वर–२ की कुमारी तामाङ गम्भीर घाइते भएकी छन्। जिल्ला प्रहरी कार्यालय, दोलखाका अनुसार बा ३ ख २९९७ नम्बरको बस मंगलबार दिउँसो उकालोमा पछाडि सर्दा भित्तामा ठोक्किएको थियो। त्यसक्रममा तामाङ च्यापिएकी थिइन्। बसमा ६ जना सवार थिए। घाइते तामाङको उद्धार गर्ने […]

दाङ । तुल्सीपुरमा बिहानैदेखि किसानको ताजा तरकारीले भरिएको पातखोला तरकारी बजारमा यतिबेला निकै चहलपहल छ। स्थानीय किसानले बारीबाट टिपेर ल्याएको ताजा साग, गोलभेडा, आलु, काउली, बन्दा, धनियाँले बजार भरिएको छ। सस्तो र ताजा तरकारी किन्न बिहानैदेखि उपभोक्ताको भीड लागेको छ। किसानलाई सिधै बजार, उपभोक्तालाई ताजा तरकारी। यही नै पातखोला बजारको विशेषता हो।

रुकुम पश्चिम ।आठबिसकोट नगरपालिका स्थित चौतारामा आयोजना गरिएको मेलामा एक्कासी लफडा हुँदा भागाभाग भएको छ। रमाइलो हेर्न गएका सर्वसाधारण रमाइलो छोडेर ज्यान जोगाउन भाग्नु परेको प्रत्यक्षदर्शीले बताएका छन्। मेला स्थलमा केही समय तनावग्रस्त बनेको थियो। लफडा किन र कसरी सुरु भयो भन्ने अझै खुल्न सकेको छैन। घटनाबारे थप विवरण आउन बाँकी छ।

error: Content is protected !!