ABC (क्राईमबिट) काठमाडौं । नेपाली सेनाले ५ सय ९० थान हतियार सशस्त्र प्रहरीलाई प्रदान गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माले आइतबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी महानिरीक्षक (आईजी)
शैलेन्द्र खनाललाई उक्त हतियार हस्तान्तरण गरेका हुन् । सेनाले सशस्त्रलाई इन्सास राइफल नाल ५ सय र लाइट सपोर्ट हतियार ९० थान गरी ५९० थान हतियार र सोको एम्युनिशन तथा सम्बद्ध सामग्रीहरु रक्षा सचिव तथा गृह सचिवको उपस्थितिमा हस्तान्तरण गरिएको सेनाले जनाएको छ । 