२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

भालुवाङको सान होटल पौवाले नयाँ वर्षमा राष्ट्रिय कलाकार सहित सांस्कृतिक कार्यक्रम गर्दै

Logo
प्रकाशित सोमबार, चैत्र २८, २०७८


(ABC=SANCHAR)
दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा रहेको होटल पौवाले नेपाली नयाँ वर्ष २०७९ लाई बृहत सांस्कृतिकको आयोजना गरी उत्सवको रुपमा मनाउने भएको छ । चैत्र ३० गते पौवाका तीन वटा शाखामा एक साथ सांस्कृतिक कार्यक्रम गरेर नेपाली ‘न्यू ईयर ईभ’ मनाउने तयारी गरिएको होटेल पौवा प्रा.लि.ले जनाएको छ ।

यसैबीच होटेल पौवा भालुवाङले शनिबार आफ्नै होटेल भालुवाङमा पत्रकार सम्मेलन गरी नेपाली नयाँ बर्ष २०७९ लाई चैत ३० गते बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरी उत्सवको रुपमा मनाउने जनाएको छ । पौवाका प्रमुख परिचालन अधिकारी (सिओओ) कृष्ण गौतमका अनुसार पौवा प्रा.लि.द्धारा संञ्चालनमा रहेका १२ वटा शाखा मध्ये ३ वटा शाखामा नयाँ बर्ष बिशेष बृहत सांस्कृतिक कार्यक्रम संचालन हुने छ ।

लुम्बिनी प्रदेशको राजधानी भालुवाङ तथा रुपन्देहीको बुटवल र भैरहवामा विशेष कार्यक्रम गरी नयाँ वर्ष २०७९ लाई स्वागत गरिने होटेल पौवा प्रालिका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । भालुवाङमा चैत्र ३० गते साँझ ५ बजेदेखि राती १२ बजे सम्म आयोजना गरिएको कार्यक्रममा थारु संस्कृतिमा आधारित सांगीतिक कार्यक्रमबाट कार्यक्रमको थालनी गर्ने तथा बुटवल र भैरहवामा नौमती बाजा र भोजपुरी संगीतबाट कार्यक्रमको आरम्भ गरिने पौवाका ब्राण्ड प्रमुख विष्णु भण्डारीले बताए ।

जस अनुसार भालुवाङमा हुने सांस्कृतिक कार्यक्रममा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, चर्चित लोक दोहोरी गायिका अस्मिता डल्लाकोटी र गायक सुमन परियार लगायतका स्थानीय तथा राष्ट्रिय कलाकारहरुले मनोरञ्जन प्रदान गर्ने होटेलका प्रमुख परिचालन अधिकारी (सिओओ) कृष्ण गौतमले जानकारी दिए ।
भने बुटवल हुने कार्यक्रममा निशान भट्टराई, बालिका प्रधान, विशाल राईका साथ भ्वाईस द ब्याकप ब्याण्डको प्रस्तुती रहने छ । त्यसैगरी भैरहवामा राजनराज शिवाकोटी, मिलन नेवार, भानुभक्त ढकाल, नेपाल आइडलका आइडल भुपेन्द्र थापा मगरको उपस्थिति रहने ब्राण्ड प्रमुख बिष्णु भण्डारीले बताए ।


कोरोना भाइरसका कारण थलिएको पर्यटन तथा होटल व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम आयोजना गर्न थालिएको छ । स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले थारु समुदायको विशेष प्रस्तुति राखिने होटल पौवाका प्रमुख परिचालन अधिकारी गौतमले जानकारी दिए । भालुवाङमा हुने सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउनका लागि करिब ५ हजार जना बढीलाई निमन्त्रणा कार्ड बितरण गरिएको र कुनै कारणबस निमन्त्रण कार्ड नपुगे भएको सुचनाका आधारमा भएपनि कार्यक्रममा सहभागिता जनाईदिन सिओओ गौतमले सबैमा आग्रह गरेका छन् ।

‘नेपाली स्वाद, नेपालीपनको मनैदेखि सत्कार, नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्नको लागि कार्यक्रम गर्दै आएका छौं’, प्रमुख परिचालन अधिकृत गौतमले भने, ‘नेपाली चार्डपर्वलाइ विशेष महत्व दिएर नेपाली नयाँ वर्षको स्वागतलाई विशेष बनाउन थालेका छौँ उनले भने।’
कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको होटेल पौवाले जनाएको छ । सोही दिन कार्यक्रम हेर्न आउने दर्शकहरुका लागि ‘५० रुपैयाँ देखि विविध प्रकारका खाजा र खानाको व्यवस्था गरिएको ब्राण्ड प्रमुख भण्डारीले भने, ‘कार्यक्रम हेर्न आउने आमन्त्रितहरुलाई निमन्त्रणा कार्ड साथमा लिएर आउन आग्रह गरिएको उनले भने ।पछिल्लो समय अङ्ग्रेजी नयाँ वर्षलाई नेपालमा महत्व दिन थालिएपनि पौवाले नेपालीहरुले वर्षौंदेखि मनाउँदै आएको चैत्र मसान्तमा पुरानो साललाई विदाई र नयाँ सालको स्वागत गर्ने गरि कार्यक्रम तय गरिएको छ,’ पौवाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्थापनकालदेखि नै नेपाली हस्पिटालिटी दिने उद्घोष गर्दै पौवाका हरेक शाखाहरुमा नेपाली स्वाद, नेपालीपनको मनैदेखिको सत्कार, नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने कार्यक्रमहरु हुँदै आएका छन् ।

विज्ञप्तिमा लेखिएको छ, ‘अन्तरराष्ट्रिय जगतमा समेत ख्याति कमाएको नेपाली सत्कारलाई ब्राण्डिङ गर्दै पौवाका हरेक शाखामा नेपाल र नेपाली पहिचान दिने सेवालाई थप समृद्ध बनाउने उद्देश्यका साथ पौवाले आफ्नो अभियानलाई अघि बढाइरहेको छ ।’

स्थापनाको ६ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा होटल पौवाको पहुँच पुगेको प्रबन्ध निर्देशक ज्ञवालीले बताए । ज्ञवालीका अनुसार हाल सम्म पौवाले कणर्ाली प्रदेशको जुम्ला र सुद्रपश्चिम प्रदेशको धनगढीमा आफ्नो सेवा दिइरहेको छ भने लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ, दाङकै लमही र घोराही, रुपन्देहीको भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गामा पौवाले समानस्तरको आतिथ्य प्रदान गरेको छ । चैत्र महिनादेखि गण्डकी प्रदेशको राजधानी पोखरा र बागमती प्रदेशको चितवन टाँडीमा पनि सेवा दिन सुरु गरिएको प्रबन्ध निर्देशक ज्ञवालीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]