ABC (क्राईमबिट) बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जिल्लाका राजमार्गमा टिप्परहरु गुडाउँदा तीव्र गति नियन्त्रण गर्न टाइम कार्ड लागू गरेको छ । चैत २२ गते मंगलबारबाट लागू हुने गरी लागू गरिएको टाइम कार्डका लागि सडकखण्डअनुसार गतिको सीमा तोकिएको छ । उक्त गतिभन्दा बढी गतिमा टिप्पर गुडाएको पाइएमा कारबाही गर्न निर्देशन दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए । उनले टिप्पर तथा निर्माण व्यवसायीहरुसँग छलफल गरेर टाइमकार्ड लागू गराइएको बताए । बाँकेका राप्ती खोला, शम्शेरगन्ज, सम्झना, खजुरा र चिसापानीबाट टिप्परका चालकहरुले अनिवार्यरुपमा टाइम कार्ड लिनुपर्ने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर…