२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

वीर अस्पतालबाट उपचारको क्रममा भागेका थुनुवा पक्राउ

Logo
प्रकाशित सोमबार, बैशाख ०५, २०७९

प्यारालाइसिसको बहाना बनाएर वीर अस्पतालबाट उपचारको क्रममा भागेका थुनुवा पक्राउ परेका छन्।

सोमबार दिउँसो सवा १ बजे बूढानीलकण्ठ नगरपालिका-१२ स्थित राधाकृष्ण मन्दिर नजिकबाट फरार भएका थुनुवालाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-३ कुञ्चोक करमडाँडाका ४५ वर्षीय राजेश तिरूवा पक्राउ परेका हुन्।

उनी जबरजस्ती करणीको मुद्दामा केन्द्रीय कारागार जगन्नाथ देवलको थुनामा थिए। प्यारालाइसिस भएको भन्दै उनलाई उपचारको लागि काठमाडौं ल्याइएको थियो। उपचारको लागि भर्ना गर्नेक्रममा चैत २९ गते राति सवा १० बजे वीर अस्पतालबाट उनी फरार भएका थिए।

थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार जगन्नाथ देवल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!