२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

अवैध सुन र मोबाइलसहित ४ जना पक्राउ

Logo
प्रकाशित आइतबार, बैशाख ११, २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले भन्सार छलेर ल्याएको सुन र मोबाइलसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा घर भएका सुमनकुमार कापर, रोल्पा घर भएका खिमराज डाँगी, दाङ घर भएका प्रताप चौधरी र स्याङ्जाका सुरज हमाल छन् ।दुबईबाट हिमालय एयरलाइन्सको उडानमा काठमाडौं आएका कापरको साथबाट ५० ग्राम तौल भएको सुनको बिस्कुट बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । सोही उडानबाट आएका डाँडी र चौधरीको साथबाट जनही २५ ग्राम सुन र दुई–दुईथान आइफोन बरामद गरिएको छ ।सुरज हमाल उनीहरुसँग सुन र आईफोन संकलन गर्न विमानस्थलमा गएका हुन् । आरोपीहरुलाई थप अनुसन्धान र कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी भिम प्रसाद ढकालले बताए । रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]