२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बैशाख ३० गतेको निर्वाचनको लागि म्यादी प्रहरी कुन प्रदेशमा कति खटाइयो

Logo
प्रकाशित बुधबार, बैशाख १४, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सुरक्षा प्रयोजनका लागि सरकारले म्यादी प्रहरी परिचालन गरेको छ । हालै भर्ना गरिएका म्यादी प्रहरी ४० दिनका लागि परिचालन गरिने छ ।

प्रहरी प्रधान कार्यालयको रेकर्ड अनुसार काठमाडौँ उपत्यका सहित ७ प्रदेशमा ९९ हजार ९९३ जना म्यादी प्रहरीलाई निर्वाचन सुरक्षाका लागि खटाइएको छ । नेपाल प्रहरीले १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको थियो ।

म्यादीमा भर्ना हुन २ लाख ९३ हजार ३१४ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमध्येबाट ९९ हजार ९९३ जना छनोट गरेर तालिम दिइएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले रातोपाटीलाई बताए ।

म्यादी प्रहरीले २०७८ चैत २७ मा नियुक्ति पत्र लिएका हुन् । स्थानीय तह निर्वाचन पूरा भएको ७ दिन पछिसम्म म्यादीलाई सुरक्षामा परिचालन गर्ने प्रहरीको योजना छ ।

म्यादी प्रहरीमा भर्ना हुन २ हजार ५४८ जना पूर्व सैनिकले समेत आवेदन दिएका थिए । आवेदन बुझाउनेमा ११ जना पूर्व महिला सैनिक छन् । पूर्व प्रहरीबाट १६ महिलासहित एक हजार ४४७ जना र सशस्त्र प्रहरीबाट अवकाश लिएका ४९५ जनाले म्यादीमा भर्ना हुन आवेदन दिएका थिए । प्रहरी प्रधान कार्यालयका अनुसार विगतमा म्यादी प्रहरीमा भर्ना भएर निर्वाचनमा खटिएका २१ हजारभन्दा बढीले यस पटक पनि भर्नाका लागि आवेदन दिएका थिए । म्यादी प्रहरीमा तेस्रो लिङ्गीले पनि रुचि देखाएका छन् । लुम्बिनी प्रदेशमा २ जना तेस्रो लिङ्गीले म्यादीमा भर्ना हुन आवेदन दिएको प्रहरी प्रवक्ता केसीले बताए ।मतदानस्थलको संवेदनशीलताका आधारमा ७ प्रदेश र उपत्यकामा फरक–फरक सङ्ख्यामा म्यादी प्रहरी परिचालन गरिएको छ । मधेस प्रदेशमा सबैभन्दा धेरै २१ हजार म्यादी परिचालन गरिएको छ । काठमाडौँ उपत्यकामा ४ हजार ७११ म्यादी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

स्थानीय तह निर्वाचनमा खटिएका म्यादी प्रहरीको सङ्ख्या

सेवा सुविधा

४० दिनका लागि भर्ना भएका म्यादी प्रहरीले प्रहरी जवानसरह तलब र रासन बापत थप ७ हजार रुपैयाँ पाउँछन् । चुनावमा खटिने म्यादीले ४० दिन काम गरेपछि ३० हजार २८० रुपैयाँ तलब पाउँछन् । रासन बापत उनीहरूलाई ७ हजार उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ । उनीहरूले ६ हजार रुपैयाँ बराबरको लत्ता कपडा र एक हजार रुपैयाँ गाडी भाडाका लागि पाउँछन् । दुईजोर चुस्ता, दुईजोर जुत्ता, मोजा, झुल र स्लिपङ ब्याग उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ ।

रासन र कपडासहित एकजना म्यादी प्रहरीका लागि राज्यकोषको ४४ हजार ४८० रुपैयाँ खर्च हुन्छ । एक लाख म्यादी प्रहरीका लागि करिब साढे ४ अर्ब खर्च हुन्छ । एक साताको तालिम चलाउँदा करिब १ करोड ५४ लाख खर्च भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अति संवेदनशील मतदान स्थलमा ८ म्यादी प्रहरी

स्थानीय तह निर्वाचनमा अति संवेदनशील मतदानस्थलमा ३ जना प्रहरी र ८ जना म्यादी प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले मतदान स्थलहरुलाई अति संवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरेको छ ।

मतदान केन्द्र (मतपेटीका) थप भएमा प्रति मतदान केन्द्र थप १ प्रहरी र २ जना म्यादी परिचालन गर्ने निर्णय गरिएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले बताए ।सामान्य मतदानस्थलमा ३ प्रहरी र ५ म्यादी, संवेदनशील मतदानस्थलमा ३ प्रहरी र ६ म्यादी परिचालन गर्ने निर्णय गरिएको छ । निर्वाचनमा प्रहरीले ड्रोनको प्रयोग गरेर खबर संकलन तथा निगरानी गर्नेछ । मतगणनास्थल सुरक्षा र इजाजत पत्र प्राप्त निजी हतियार निर्वाचन अवधिभर नजिकको प्रहरी कार्यालयमा सुरक्षित राख्ने जिम्मा प्रहरीलाई दिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]