२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

वडा ९ मा मिनाक्षीको घर दैलो कार्यक्रम बिजय कुमार सरावगीले मिनाक्षीका लागि मागे भोट

Logo
प्रकाशित बुधबार, बैशाख २१, २०७९

(ABC=SANCHAR)
पर्सा । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ मा नेकपा एमालेले बृहत घरदैलो गरेको छ । नेकपा एमालेबाट वडा नम्बर ९ की वडाअध्यक्षकी उम्मेदवार मिनाक्षी गुप्तालाई जिताउनका लागि नेकपा एमाले र लोसपाको गठबन्धनबाट मेयरका उम्मेदवार बिजय कुमार सरावगीले पनि वडाबासीसँग अपिल गरेका छन् ।

शिक्षित एवम् योग्य महिलालाई वडाअध्यक्षको उम्मेदवार बनाएको हुँदा वडाबासीले सहयोग गरेर वडाअध्यक्षमा निर्वाचित गराउन निवर्तमान मेयरसमेत रहेका सरावगीले आग्रह गरेका हुन् । महिला वडाअध्यक्ष भएपछि वडाका महिलाहरुले आफ्ना समस्याहरु पनि खुलस्त ढंगले राख्न सक्ने भएकाले वडामा महिलालाई अध्यक्षमा निर्वाचित गर्नुपर्ने सरावगीको भनाई छ ।

वडाअध्यक्षकी उम्मेदवार गुप्ताले पनि आफु वडामा निर्वाचित भए महिलाहरुका समस्याहरुलाई प्राथमिकताका साथ समाधान गर्ने बताइन् । आफुले नेतृत्व गरेको विद्यालयको उदाहरण दिँदै गुप्ताले अब वडाको पनि नेतृत्व गर्ने अवसर दिन वडाबासीसँग अपिल गरेकी छिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छुट्टाछुट्टै टोली खटाएर गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार प्रहरीले गएराति ‘अपरेसन सेफ्टी काठमाडौं’ सञ्चालन गरेको थियो। परिसरले गुण्डागर्दी गरी आफ्नो समूहसमेत बनाउन सुरु गरेका ५ जनालाई पक्राउ गरेको जनाएको छ। श्याम लामा भन्ने व्यक्तिको समूहमा रहेर गुण्डागर्दी […]

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

error: Content is protected !!