१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

हिरासतबाट पुर्वप्रधानमन्त्री केपीशर्मा ओलीको सन्देश:एमालेका कार्यकर्ता पंक्ति यतिबेला बिरोधीको मसाल बन्नुहुन्न:

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, चैत्र २०, २०८२

काठमाडौं । प्रहरी हिरासतमा रही स्वास्थ्यका कारण त्रिबि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू आफूमै भिडेर बिरोधीको मसाल बनेका एमाले पङ्क्तिलाई‌ खास सन्देश पठाउनु भएको छ । बिरोधीसँग भिडन डराउने आफ्नैलाई भने समाप्त पार्ने योजनाको जानकारी पाएपछि अध्यक्ष ओलीले नेतादेखि कार्यकर्तासम्मलाई‌ हिरासतबाट सन्देश पठाउनु भएको केन्द्रीय सदस्य नगिन्द्र शाही नेशनलले जनताटाइम्स डटकमलाई जानकारी दिनुभएको छ । शाहीका‌ अनुसार यस्तो छ ओलीको सन्देश

१.अध्यक्ष कमरेड केपी ओलीले उच्च मनोबल र दृढ़ संकल्पका साथ बताउनुभयो कि २३/२४ गतेका घटनाको सत्यतथ्य सधैंकालागि कहाँ लुक्ला र ? यो छिटै बाहिर आउछ ।

२. एमालेलाई आज मात्र प्रहार भएको हो र? विगत देखि प्रहार हुदै आएको छ, एमालेलाई जनताले कमजोर बनाउने परिस्थिति सिर्जना नहुदा जनताको नाममा केही प्रायोजित मान्छेहरूले भावनाको व्यापार गरे त्यसलाई हामीलाई च्यात्न सकेनौं ।

३. समय सधैं एकनासको हुदैन,हामीले हाम्रो प्रतिबद्धता,सत्यसंग नलड्नु,असत्यसंग नझुक्नु” यसमा लडखडाउनु हुन्न। सधैं झै संघर्षलाई जारी राख्नुपर्छ ।

४. कुरा स्पष्ट छ,त्यो सबैलाई थाहापनि छ,राष्ट्रियता रक्षा र समृद्धिको सपना साकार पार्न लाग्दा ज्यान लिने समेतका षड्यन्त्र नभएका थिएनन्,अहिलेसम्म बाचिएको छ, अहिले अस्थायी घेराबन्दीको यो चरम रूप हो ।

५. कार्यकर्ता पंक्तिले यतिबेला बिरोधिको मसाल बन्नुहुन्न,अझै एकताबद्ध भएर वास्तविकता र यथार्थलाई उजागर गर्न लाग्नुपर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]