२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

चितवनमा प्रधानमन्त्री शेर बहादुर देउवा किन निजी गाडीमा गए ?

Logo
प्रकाशित बुधबार, बैशाख २१, २०७९

(ABC=SANCHAR)
चितवन । प्रधानमन्त्री शेरबहादुर देउवा चितवन झरेसँगै निजी गाडीमा सवार भएका छन। नेपाली कांग्रेसका सभापति देउवा पार्टीको कामका लागि आउनुभएकाले भरतपुर विमानस्थलबाट आफू बसेको होटलसम्म निजी गाडीमा पुगेका हुन।

प्रधानमन्त्री देउवा यहाँ आउनुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार सत्ता गठबन्धनले गर्न लागेको सभामा प्रधानमन्त्रीले आचारसंहिता उल्लङ्घन गरेर आउन लागेको भन्दै उजुरी परेको थियो । कांग्रेस केन्द्रीय सदस्य उमेश श्रेष्ठको बा३च २०४० नंको ल्याण्डक्रुजर गाडीमा देउवा होटल पुगेका हुन। श्रेष्ठले निर्वाचन आचारसंहिता पालना गर्दै पार्टी सभापतिसमेत रहनुभएका देउवा झण्डाबिना आफ्नो गाडीमा सवार भएको बताए। उनले भने, “यहाँ रहँदा सभापतिज्यू निजी गाडीमा हिँडडुल गर्नुहुन्छ।”

श्रेष्ठका अनुसार देउवा यहाँ रहँदा पार्टीको व्यवस्थापनमा बस्नु हुनेछ । उनले थपे, “सबै खर्च पार्टीले गर्नेछ।” सभापति देउवा र उनको समूह रहेको होटल सिराइचुलीका मुख्य सञ्चालक श्रेष्ठ नै छन्। पार्टी सभापति देउवा आज विराटनगरबाट नेपाली सेनाको एनए ०६२ कलसाइन रहेको जहाजबाट आएका हुन। उनका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार सो जहाज नेपाली कांग्रेसले भाडामा ल्याएको हो। उनले भने, “निर्वाचन आयोगसँग अनुमति लिएर पार्टीले भाडामा जहाज ल्याएको हो।”

जिल्लामा सत्ता गठबन्धनले गर्न लागेको जनसभालाई सम्बोधन गर्न देउवा आएका हुन। उनीसँगै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि आज आएका छन। सभालाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेतृ रेनु दाहाल प्रमुख पदमा उम्मेदवार छन्। त्यस्तै उपप्रमुख पदमा नेपाली कांग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार बनेका छन्। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छुट्टाछुट्टै टोली खटाएर गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार प्रहरीले गएराति ‘अपरेसन सेफ्टी काठमाडौं’ सञ्चालन गरेको थियो। परिसरले गुण्डागर्दी गरी आफ्नो समूहसमेत बनाउन सुरु गरेका ५ जनालाई पक्राउ गरेको जनाएको छ। श्याम लामा भन्ने व्यक्तिको समूहमा रहेर गुण्डागर्दी […]

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

error: Content is protected !!