ABC (क्राईमबिट)
चितवन । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ५ बैदौलीबाट ठूलो मात्रामा लागूऔषध सहित २ जना पक्राउ परेका छन् ।
मंगलबार विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी गुठीप्रसौनीबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतापुर गाँउपालिका वडा नं. ५ बैदली स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको युपी ५६ एएन ३९४२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त लागूऔषध फेला परेको हो ।
मोटरसाइकलको डिक्की भित्र रहेको झोलामा डाईजापाम १७५ एम्पुल, फेनारगन १७५ एम्पुल र नुफिन १७५ एम्पुल अवैध लागूऔषध फेला पारेको हो ।
मोटरसाइकल चालक भारत जिल्ला महाराजगंज ग्राम रेगंहीया बस्ने बर्ष २० को भोलु चौहान र सोहि मोटरसाइकलमा सवार भारत जिल्ला गोरखपुर बस्ने वर्ष १९ को राकेश सहानीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुवै जनाविरुद्ध लागूऔषध ऐन २०३३ बमोजिम थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी प्रेम बहादुर शाहीले जानकारी दिए ।