१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

कारागारबाट फरार भएका कैदी परियार लाई थप ६ वर्ष थप गरी १८ वर्ष कैद सजाय

Logo
प्रकाशित बुधबार, बैशाख २१, २०७९


ABC (क्राईमबिट)
दाङ । कारागारबाट फरार भएका कैदी यमराज परियारलाई थप ६ वर्ष गरी १८ वर्ष कैद सजायको फैसला भएको छ । दाङ जिल्ला अदालतले गत पुस ८ गते अस्पताल जाने क्रममा प्रहरी जवानसँगको मिलामतोमा भागेर भारतबाट पक्राउ परेका कैदी यमराजलाई भुक्तान गर्न बाँकी र थप गरी १८ वर्षको कैद सजायको फैसला सुनाएको हो ।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका परियारले ७ वर्ष ५ महिना कैद सजाय भुक्तान गरिसकेका थिए । अदालतका न्यायाधीस डिल्लीराज शर्मा अर्यालको इजलासले भुक्तान गर्न बाँकी १२ वर्ष ६ महिना र थप ६ वर्ष ३ महिना गरि १८ वर्ष १० महिना कैद सजाय सुनाएको हो । कारागार ऐन २०१९ को दफा २४ को ३ अनुसार कैदी कारागारबाट भागेमा पक्राउपछि बाँकी कैदको डेढी बढाई कैद सजायको व्यवस्था छ । सोही अनुसार अदालतले यमराजलाई थप ६ वर्ष ३ महिना साढे १४ दिन कैद सजाय तोकेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले बताए ।

त्यस्तै यमराजलाई भगाउन सहयोग गर्ने प्रहरी जवान धनबहादुर चौधरीलाई १० वर्ष कैद सजाय फैसला भएको छ । गर्भवती प्रेमिकाको हत्यामा जन्मकैदको सजायँ काटिरहेका यमराज गत पुस ८ गते बिहान प्रहरी जवान धनबहादुर चौधरीसँग उपचारका लागि अस्पताल गएका थिए ।

छालाको उपचारका लागि गएका प्रहरी जवान चौधरी र कैदी यमराज अस्पताल नगएर दुई महिलासहित घोराही वीपी चोकस्थित थकाली भान्सा घर एण्ड लजमा पुगेका थिए ।
त्यही क्रममा कैदी यमराज प्रहरीको लु ३४ प ४१० नम्बरको मोटरसाइकल लिएर भागेका थिए । लगतै डीएसपी मुकुन्दप्रसाद रिजालको कमाण्डमा प्रहरी खटिएर र घटनाको गम्भीर अनुसन्धान गरेको थियो । रिजालको कमाण्डमा याङकी अप्रेशन मार्फत भागेको एक महिना पछि कैदी परियारलाई गत माघ १० गते भारतको लुधियानाबाट पक्राउ गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]