०४ आश्विन २०८३, आइतबार
20-09-2026 , Sun
×

मतदान गर्न काठमाडौँबाट घर फर्किनेहरुको घुइँचो

Logo
प्रकाशित बुधबार, बैशाख २८, २०७९

(ABC=SANCHAR)
काठमाडौँ । स्थानीय तहको चुनाव आउन अव दुई दिन मात्र बाँकी छ । निर्वाचनका लागि मतदान गर्न काठमाडौँबाट घर फर्किने क्रम ह्वात्तै बढेको छ । कोटेश्वर र बालाजुको माछापोखरी क्षेत्रमा घर फर्किनेहरूको भीड छ ।

ती क्षेत्रमा मानिसहरूको ठुलो भीड बढेपछि केहीबेर ट्राफिक जामको अवस्था छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विगत केही दिनदेखि नै काठमाडौं उपत्यकाबाट जिल्ला फर्किनेहरूको सङ्ख्या बढेको छ । तर आजबाट कतिपय विद्यालयहरू पनि बन्द भएकाले विद्यार्थी र उनीहरूका अभिभावकहरू जिल्ला फर्किने क्रम ह्वात्तै बढेको छ ।

कतिपयले गाडी रिजर्भ गरेर मानिसहरू गाउँसम्म ओसारिरहेका छन् । ‘कोटेश्वर, जडीबुटी क्षेत्र र माछापोखरी क्षेत्रको सडक केही साँघुरो भएको र घर फर्किन चाहनेहरूको भीड सडकमै आइदिनाले ट्राफिक व्यवस्थापनमा सामान्य समस्या देखिएको छ,’ ट्राफिक प्रहरी कार्यालयका एक अधिकारीले भने ।

मतदाता नामावलीमा आफ्नो नाम जहाँ छ, त्यहीँबाट मात्र मतदान गर्न पाइने भएकाले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न उपत्यका छाडेर घर फर्किएको उनीहरूले बताएका छन् ।

ट्राफिक प्रहरीका अनुसार कोटेश्वर जडीबुटी हुँदै बाहिरिने सवारी साधन र नयाँ बसपार्क क्षेत्रबाट बाहिरिने सवारी साधनहरू क्यूमा चलिरहेका छन् ।

काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रु र सवारी साधनहरूको सङ्ख्या बढी भएका कारण ती स्थानमा क्यु रहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । भरतपुरको सुन्दर ६ लेन सडकमा मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्डहरूले सहरको सौन्दर्य नै कुरुप बनाएका छन्। जथाभावी राखिएका ठूला-ठूला विज्ञापन बोर्डहरूले सडकको सुन्दरता बिगार्नुका साथै दुर्घटनाको जोखिम समेत बढाएको स्थानीयको गुनासो छ। मापदण्ड विपरीत विज्ञापन राख्न दिने र सहर कुरुप बनाउने गरी भएको विज्ञापनमा कसको कति चलखेल छ ? सम्बन्धित निकाय मौन बस्नुले […]

बाँके । रुपैडिहामा आयोजित मैत्रीपूर्ण भलिबल खेलमा सशस्त्र प्रहरी बल, नेपालको एपीएफ ३० नम्बर गणले उत्कृष्ट खेल प्रदर्शन गर्दै भारतको एसएसबी ४२ बाहिनीलाई पराजित गरेको छ। खेलको सुरुदेखि नै एपीएफ टोलीले उत्कृष्ट तालमेल, अनुशासन र आक्रामक खेल प्रदर्शन गरेको थियो। खेलाडीहरूको मेहनत र उत्कृष्ट प्रदर्शनका कारण एपीएफ ३० नम्बर गणले जित हासिल गर्न सफल भएको […]

एजेन्सी । इरानले होर्मुज जलमार्ग हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको तेलवाहक जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ । इरानी अधिकारीहरूका अनुसार जहाजले अनुमति बिना जलघाँटी पार गर्न खोजेपछि कारबाही गरिएको हो । यद्यपि, उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । इरानले अनुमति बिना जलमार्ग पार गर्ने अन्य जहाजमाथि पनि कारबाही गर्ने चेतावनी […]