चितवन । भरतपुरको सुन्दर ६ लेन सडकमा मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्डहरूले सहरको सौन्दर्य नै कुरुप बनाएका छन्।
जथाभावी राखिएका ठूला-ठूला विज्ञापन बोर्डहरूले सडकको सुन्दरता बिगार्नुका साथै दुर्घटनाको जोखिम समेत बढाएको स्थानीयको गुनासो छ।
मापदण्ड विपरीत विज्ञापन राख्न दिने र सहर कुरुप बनाउने गरी भएको विज्ञापनमा कसको कति चलखेल छ ? सम्बन्धित निकाय मौन बस्नुले थप आशंका उब्जाएको छ।