२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

दाङमा श्रीमतीलाई कैंचीले हानेर गम्भीर घाइते बनाउने श्रीमान् सिउ पक्राउ

Logo
प्रकाशित शनिबार, बैशाख ३१, २०७९

ABC (क्राईमबिट)
दाङ । आफ्नै श्रीमती २५ वर्षीया गिता चौधरीलाई धारिलो हतियार कैंची प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा गढवा गाउँपालिका-४ पर्सा बस्ने २७ वर्षीय शिउ कुमार चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको कारण शिउ कुमारले कपडा काट्ने कैँचीले घाँटीमा प्रहार गर्दा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि लमही अस्पताल लमही पठाइएको छ । ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले शिउ कुमारलाई पक्राउ गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]