२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

भाइको विरुद्धमा बागी उठेको भन्दै उम्मेदवार र समर्थकलाई राधेले धम्क्याउन थाले पछी बिरोध र्‍याली

Logo
प्रकाशित सोमबार, जेठ ०२, २०७९

(ABC=SANCHAR)
काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राधाकृष्ण भण्डारी (राधे) ले भाइको विरुद्धमा बागी उठेको भन्दै स्वतन्त्र उम्मेदवार र समर्थकलाई धम्क्याउन थालेपछि स्थानीय आन्दोलित बनेका छन्।

नीलकण्ठ नगरपालिका ३ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार राधेका भाइ गोपीकृष्ण भण्डारी र कांग्रेसकै बागी उम्मेदवार राजकुमार श्रेष्ठको चुनावी आकलनलाई लिएर राधेले भाइले हारे स्वतन्त्रका पक्षमा रहेका सबैलाई गोली हान्ने धम्की दिएका हुन्। धादिङको गल्छी गाउँपालिका घर भई सदरमुकाम धादिङबेसी बस्दै आएका राधे गुन्डा नाइकेका रूपमा परिचित छन्।

मतदानको अघिल्लो दिनदेखि नै स्वतन्त्र उम्मेदवारलाई भोट नहाल्न दबाब दिँदै आएर मतकेपछि पनि राधेको समूहले स्वतन्त्रका पक्षमा घरदैलो गर्दै हिँडेका मतदातालाई समेत ज्यान मार्ने धम्की दिन थालेपछि स्थानीय शान्तिसुरक्षाको माग गर्दै आन्दोलित बनेका हुन्।

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा राधेका भाइ गोपीकृष्ण भण्डारी कांग्रेसको तर्फबाट नीलकण्ठ ३ को वडाध्यक्षका प्रत्यासी थिए। टिकट वितरणमा असन्तुष्टि जनाउँदै कांग्रेस धादिङ क्षेत्र नं. २ का क्षेत्रीय सदस्यसमेत रहेका श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका थिए। मतदानमा गोपीकृष्णको भन्दा राजकुमारका पक्षमा धेरै भोट खसेको आकलन हुन थालेपछि राधेले घरघरै र बाटोघाटोमा धम्काउदै हिँडेको स्वतन्त्र उम्मेदवारका समर्थकहरूले बताएका छन्।

मतदान सकिए पनि मतगणनाको नतिजा आइसकेको छैन। शनिबार साँझ पनि आफ्नै घरमा बसिरहेको अवस्थामा स्वतन्त्र उम्मेदवार श्रेष्ठलगायत उनका बुथ प्रतिनिधि रमेश श्रेष्ठलाई गोली हानेर मार्ने धम्की दिएपछि धादिङबेसीस्थित बीच बजार केहीबेर तनावग्रस्त बनेको थियो। हुलदंगा मच्चाउँदै हिँडेका सातजनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। राधेलाई पनि प्रहरीले आइतबार पक्राउ गरेको छ।

‘हामी आतंकित भयौं, शान्तिसुरक्षा दिनुपर्‍यो भनेर मौखिक सूचना दिएलगत्तै चुनावी आकलनलाई लिएर विवाद भइरहेको स्थानबाट ७ जनालाई पक्राउ गरेका छौं’ जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी (डिएसपी) जागेश्वर भण्डारीले भने, ‘अनुसन्धानकै क्रममा छौं, सबै भन्न मिल्दैन।’

मतपरिणाम आउनुअगावै पटकपटक धम्की आउन थालेपछि स्वतन्त्र उम्मेदवारका समर्थकहरू त्रसित बनेका छन्। घरघरै पुगेर ज्यान मार्नेसम्मको धम्की दिएको स्वतन्त्र उम्मेदवारका समर्थकहरूले बताएका छन्। बजारबासीले ‘गुन्डागर्दी बन्द गर शान्तिसुरक्षा कायम गर’ भन्ने नारा लेखिएको ब्यानरसहित सदरमुकाममा र्‍याली निकालेको छ।छिनछिनमै धम्क्याउने, तर्साउने राधे समूहका केही व्यक्तिको नामै तोकेर स्वतन्त्र उम्मेदवार र उनका समर्थकहरूले आइतबार प्रहरीमा निवेदन दिएका छन्। राधेसहित समूहका प्रकाश तामाङ, सुजन सुवेदी, विमल शाही ठकुरी, नारायण श्रेष्ठ, सरोज अधिकारी, सुजन तामाङ, ललित तामाङ लगायतले मतगणना पूर्व धादिङबेंसी स्वतन्त्र उम्मेदवार र देखिएर लागेका समर्थकहरूलाई इंकित गर्दै काट्छु, मार्छु भन्दै बजार क्षेत्र आतंकित बनाउँदै हिँडेको निवेदनमा उल्लेख छ। नीलकण्ठ उच्च माविको मतदान केन्द्रमा मतदान गर्न लाइनबद्ध रामकृष्ण अमात्य र रामप्रसाद खनाल लगायत अन्य मतदातालाई धम्क्याउने काम गरेको पनि निवेदनमा उल्लेख छ।नागरिक दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ को तेस्रो केन्द्रीय महाधिवेशन सौराहामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूको उल्लेखनीय सहभागितामा सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै फोटो पत्रकारिताको सुदृढीकरण, पेशागत हकहित संरक्षण तथा प्रविधिमैत्री अभ्यासलाई प्राथमिकतामा राख्ने महत्वपूर्ण निर्णयहरू गरेको छ। महाधिवेशनको उद्घाटन चितवनका सिडियो गणेश अर्यालले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले फोटो पत्रकारिता लोकतन्त्रको […]

दाङ । राप्ती गाउँपालिका-४, गाेलीनालामा बिहीबार राती एक युवककाे हत्यामा संलग्न एक युवती सहित ३ जना प्रकाउ परेका छन् । घटना भएकाे २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरी नेतृत्वकाे प्रहरी टाेलीले रातभर लगाएर ती ३ जना अभियुक्तलाई प्रकाउ गर्न सफल भएकाे हाे । हत्यामा संलग्न भएकाे आराेपमा प्रहरीले […]

बाँके । भूमि सुधार तथा मालपोत कार्यालय, बाँकेले सेवाग्राहीका लागि कार्यालय प्रवेशसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । कार्यालयले सूचना जारी गर्दै सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र गुणस्तरीय बनाउन अबदेखि परिचय खुल्ने कागजात हेरेपछि मात्र सेवाग्राहीलाई कार्यालय प्रवेश दिइने जनाएको छ । सूचनाअनुसार अनधिकृत व्यक्ति तथा बिचौलियाको प्रवेश रोक्न यो व्यवस्था गरिएको हो। कार्यालयबाट सेवा […]

error: Content is protected !!