२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

भाईनै मृत्युशैयामा हुँदा देशको प्रतिष्ठाको लागि कार्यक्रमहरुमा प्रधानमन्त्री : देउवा

Logo
प्रकाशित मंगलबार, जेठ ०३, २०७९


(रसोज तामाङ)
काठमाडौं । आफ्नै भाई मृत्युशैयामा थिए, तर पनि देशको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत र सम्मानका लागि प्रधानमन्त्री शेर बहादुर देउवा लुम्विनी पुगे । अचानक विर अस्पतालबाट भाईको अन्तिम अबस्था छ भनेर खबर आयो, त्यसपछि भाईको अबस्थालाई लिएर प्रम देउवा चिन्तित हुनुभयो । तर पनि मोदीको भ्रमणमा कुनै समस्या नहोस् भनेर आफै सबै ठाउँमा सहभागी हुनु भयो । तनावका बीच पनि भ्रमण सफल गराउनुभयो ।

तनावलाई लिएर भ्रमणको क्रममा प्रम देउवाबाट केही ठाउँमा बसाई र अन्य विषयमा त्रुटि भएको छ । तर भाई नै मृत्युशैयामा हुँदा पनि देशको प्रतिष्ठाको लागि कार्यक्रमहरुमा पुग्नुभयो । यो उहाँको ठुलो काम हो ।

मानवता विर्सेर आफ्नै देशको ईज्जत खेर नफालौ, आफ्नै देशका प्रधानमन्त्रीको विना काम बेईज्जत नगरौ । मानवता ठुलो कुरा हो ।

आज उहाँका भाईको निधन पनि भयो, हार्दिक श्रद्धाञ्जली🙏🙏

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) वैदेशिक रोजगारका लागि कुवेत पठाईदिन्छु भनि कुवेत पु¥याई मानवबेचबिखन गरेको अभियोगमा धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बस्ने ४७ वर्षीय श्यामबाबु बराकोटीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बाट पक्राउ गरेको हो ।श्यामबाबु समेतले पीडितलाई नेपाल सरकारबाट […]

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]