११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
×

राप्ती गाउँपालिका अध्यक्ष बिष्टले अभिभावकको भरोसा स्नेहपुर्ण दृश्यले सबैको मन छोयो,

Logo
सागर थापा प्रकाशित शनिबार, आषाढ १३, २०८३

दाङ । भालुवाङ राप्ती गाउँपालिकाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चलाएको कार्यक्रममा एउटा स्नेहपुर्ण दृश्यले सबैको मन छोएको छ।

स्कुले बालिका र गाउँपालिका अध्यक्ष प्रकाश बिष्टबीचको आत्मीयता। औपचारिक भाषणभन्दा पनि त्यो स्नेहले देखाइदियो – बालबालिकाले खोजेको भनेको पाठ्यपुस्तक मात्र होइन, स्नेहपुर्ण अभिभावकत्व पनि हो।

पढाइमा मात्र होइन, आत्मविश्वास, नेतृत्व र सीप बढाउने अभ्यास जनप्रतिनिधि भनेको कागजमा हस्ताक्षर गर्ने मात्र नभई, विद्यार्थीको पीडा बुझ्ने अभिभावक बन्नुपर्छ भन्ने उदाहरण बालिका अध्यक्षसँग नडराई बोल्नु = स्थानीय सरकारप्रतिको भरोसा बढेको संकेत हो ।

बच्चाले “मेरो अध्यक्ष दाइ/बा मलाई चिन्छन्” भन्ने महसुस गर्छ। त्यही भरोसाले पढाइमा, खेलमा, समाजमा राम्रो गर्न प्रेरणा दिन्छ।

राप्ती गाउँपालिकाको यो पहल प्रशंसनीय छ। क्षमता अभिवृद्धि भनेको तालिम, प्रोजेक्टर मात्र होइन बालमन छुने व्यवहार पनि हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । गुडिरहेको गाडीबाट एक्कासी धुवाँको मुस्लो निस्किएपछि स्थानीय त्रसित भएका छन्। एक्कासी गाडीको इन्जिनबाट धुवाँ निस्किन थालेपछि चालकले तत्काल गाडी रोकेर यात्रुहरुलाई सुरक्षित स्थानमा सारेका थिए। घटनामा मानवीय क्षति नभएको र प्राविधिक खराबीका कारण धुवाँ निस्किएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

  *दाङ । जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठको अध्यक्षतामा यस कार्यालयको सभा हलमा दाङ जिल्ला अन्तर्गतका सम्पूर्ण प्रहरी इकाई प्रमुख/इन्चार्जहरुको सहभागितामा मासिक बैठक सम्पन्न भएको छ। बैठकमा सम्पूर्ण मातहत प्रहरी इकाई प्रमुखहरुलाई फरार प्रतिवादी पक्राउ, लागूऔषध रोकथाम, सवारी दुर्घटना न्यूनीकरण सहित कार्ययोजना कार्यान्वयन गर्ने, अवैध हातहतियार बरामद तथा नियन्त्रण, अवैध […]

  *काठमाडौं । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (अप्राविधिक) नारायण बाबु थापाज्यूको अध्यक्षतामा सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय हल्चोकस्थित सभाहलमा बैठक बसी समसामयिक विषयमा छलफल सम्पन्न भएको छ।