२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

जिल्ला प्रहरी कार्यालय दाङले म्यादी प्रहरीहरुको विदाई गर्‍यो

Logo
प्रकाशित शनिबार, जेठ ०७, २०७९

(सागर थापा)
दाङ । स्थानीय निर्वाचनको सुरक्षार्थ खटिएका म्यादी प्रहरीलाई दाङमा बिदाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले शनिबार एक कार्यक्रमको आयोजना गरेर बिदाई गरेको छ ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरी म्यादी प्रहरीहरुलाई धन्यावाद सहित प्रमाणपत्र प्रदान गरेर बिदाई गरिएको छ । प्रजिअ रेग्मीले निर्वाचन निकै संवेदशिल पाटो भएको र म्यादी प्रहरीहरुले आफ्नो जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गरेको भन्दै उच्च प्रंशसा गरे ।

साथै दाङ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले उनीहरुले पाएको जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गरेको, अनुशासित भएका कर्तव्य पालना गरेको, त्रुटी रहित ढंगले जिम्मेवारी निर्वाह गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए । जिल्लामा १७ सय ७ जना म्यादी भर्ना भएका थिए ।

७ जना विविध कारणले आउन नसकेको र १७ सय जनाले जिम्मेवारीलाई कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका उनको भनाइ छ । उनीहरुलाई तलब, भत्ता लगायतका सेवा सुविधाहरु बैंक खाता मार्फत भुक्तानी गरिएको समेत एसपी काफ्ले जानकारी दिए ।

विदाई कार्यक्रममा दुई जना म्यादी प्रहरीले आफ्नो मन्तव्य व्यक्त गर्दै म्यादी प्रहरीले पनि निर्वाचन गराउने सुरक्षाको पाटो महत्वपूर्ण भएको र आँफूहरु छनोटमा परेर कुशलतापूर्व सेवा गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरेका थिए । म्यादी प्रहरीले करिब ४० दिन काम गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]