११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

बाँके निकुञ्जमा भरुवा बन्दुक भेटियो

Logo
प्रकाशित आइतबार, जेठ ०८, २०७९

(ABC=SANCHAR)
बाँके । राष्ट्रिय निकुञ्जभित्रबाट एक थान भरुवा बन्दुक भेटियोको छ । निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद गरेको हो ।

निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाको श्री अर्जुनवाण गण र निकुञ्ज प्रशासन कार्यालयका कर्मचारीसहित खटिएको गस्ती टोलीले एक थान बन्दुक फेला पारेको बताइएको छ । राप्तीसोनारी गाउँपालिका–१ रानीमुने खोलामा बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक फेला पारेको बाँके राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ ।

स्थानीय निर्वाचनको मौका छोपेर निकुञ्जभित्र पसेका सिकारीको समूहले सुरक्षाकर्मी आएको थाहा पाएपछि भागेको हुनसक्ने बताइएको छ ।

फेला परेको एक थान भरुवा बन्दुकलाई बाँके राष्ट्रिय निकुञ्ज प्रशासनमा बुझाइएको निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको श्री अर्जुनवाण गणले जनाएको छ । यसबारे नेपाली सेना र निकुञ्ज प्रशासनले सुक्ष्मरुपमा अनुसन्धान गरिरहेको जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा लागुऔषध दुर्व्यसन विरुद्धको सचेतनामुलक प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। बिहिबार,उत्सव कुञ्ज पार्टी प्यालेस, बसुन्धारा काठमाडौं महानगरपालिका वडा नं. ३, प्रहरी वृत्त महाराजगञ्ज, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महाराजगञ्ज चक्रपथ युवा क्लब महाराजगञ्ज युवालाई लागुऔषधको दुष्प्रभावबारे जानकारी […]

दाङ । सामाजिक अभियान्ता संदेश भण्डारी क्षेत्रीको नेतृत्वमा देउखुरीवासीको समस्या लिएर ध्यानाकर्षण पत्र बुझाउन यो मस्यौदा प्रयोग गर्न औपचारिक र प्रभावकारी बनाएको छ । देउखुरी क्षेत्रमा देखिएको विद्युत आपूर्ति सम्बन्धी समस्याप्रति ध्यानाकर्षण गराउँदै तत्काल समाधान गरिदिन अनुरोध गर्दै । श्रीमान् प्रमुख ज्यू, नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्र, दाङ हामी देउखुरी क्षेत्रका नागरिकहरू सामाजिक अभियान्ता […]

दाङ । टरीगाउँ विमानस्थल पश्चिम नेपालको महत्वपूर्ण हवाई पूर्वाधारमध्ये एक हो। दाङ उपत्यकाको आर्थिक, शैक्षिक, कृषि, पर्यटन तथा प्रशासनिक महत्वलाई हेर्दा टरीगाउँ विमानस्थलको स्तरोन्नति समयको आवश्यकता बनिसकेको छ। हाल करिब ७५० मिटरको धावनमार्ग रहेको यस विमानस्थलमा साना जहाज मात्र सञ्चालन गर्न सकिन्छ। तर धावनमार्गलाई १,५०० मिटरभन्दा बढी विस्तार गरी ७२ सिट क्षमताका जहाज सञ्चालन गर्ने […]

error: Content is protected !!