२२ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

अपराध अनुसन्धान प्रहरीले धम्की दिएर ७ करोड माग गर्ने ७ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, जेठ १३, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । योजनावद्ध तरिकाले पीडितलाई पटक-पटक फोन गरी तथा प्रत्यक्ष भेटी डर, धम्की तथा त्रास देखाई ७ करोड रूपैयाँ माग गरेको अभियोगमा ७ जनालाई काठमाडौंका विभिन्न स्थानहरूबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं गोठाटार बस्ने उदयपुर त्रियुगा नगरपालिका-१० ठेगाना भएका २१ वर्षीय सुजन आचार्य, काठमाडौं बुढानिलकण्ठ बस्ने कालिकोट सान्नी त्रिवेणी गाउँपालिका-८ ठेगाना भएका २९ वर्षीय टेक विक, काठमाडौं कोटेश्वर बस्ने बझाङ खप्तडछान्ना गाउँपालिका-७ ठेगाना भएका २९ वर्षीय धर्मराज थापा रहेका छन् ।

त्यस्तै काठमाडौं कांडाघारी बस्ने काभ्रे तेमाल गाउँपालिका- २ ठेगाना भएका ३३ वर्षीय उमेश भण्डारी, काठमाडौं रातोपुल बस्ने गुल्मी धुर्कोट गाउँपालिका-२ ठेगाना भएका २९ वर्षीया बसन्ता खनाल, काठमाडौं सिनामंगल बस्ने चितवन भरतपुर महानगरपालिका-११ ठेगाना भएका ३२ वर्षीय सुरज शर्मा र काठमाडौं सिनामंगल बस्ने काठमाडौं महानगरपालिका-९ ठेगाना भएका ३३ वर्षीय श्रवण कार्की रहेका छन् ।

उनीहरूले पीडितबाट उक्त रूपैयाँ माग गरेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू उपर आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सार्वजनिक सेवा प्रवाह समस्या हुने गरी विभिन्न क्रियाकलाप गर्ने विरुद्ध ‘अप्रेसन’ चलाउन प्रहरीले परित्रप गरेको छ भने काठमाडौँ मात्रै पछिल्लो २४ घण्टामा १५० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न क्षेत्रमा गुण्डागर्दी एवं यात्रुलाई दुःख दिने व्यक्तिलाई विशेष अप्रेसनमार्फत पक्राउ गर्न थालिएको […]

काठमाडौं । गुन्डागर्दीमा संलग्न युवाले काठमाडौं छाड्न थालेका छन् प्रहरीले पक्राउ अभियान चलाएसँगै यस्ता पृष्ठभूमिका युवाले काठमाडौं छाड्न थालेका हुन् । प्रहरीले पक्राउ गर्ने सूचनापछि सिन्धुपाल्चोक घर भई बौद्धमा बसोबास गर्दै आएका कबित कटुवाल काठमाडौंबाट भागेको प्रहरीले जनाएको छ । कटुवाललाई केही महिनाअघि ललितपुर प्रहरीले समेत पक्राउ गरेको थियो । पछिल्लो समय मिटरब्याज र धाकधम्कीमा […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ को तेस्रो केन्द्रीय महाधिवेशन सौराहामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूको उल्लेखनीय सहभागितामा सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै फोटो पत्रकारिताको सुदृढीकरण, पेशागत हकहित संरक्षण तथा प्रविधिमैत्री अभ्यासलाई प्राथमिकतामा राख्ने महत्वपूर्ण निर्णयहरू गरेको छ। महाधिवेशनको उद्घाटन चितवनका सिडियो गणेश अर्यालले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले फोटो पत्रकारिता लोकतन्त्रको […]

error: Content is protected !!